जनकपुरधाम प्रदेश नंं २ को राजधानी तथा नामको विषयमा प्रदेशसभाले आज टुँगो लगाउने भएको छ । त्यसका लागि आज मंगलबार विहान ८ बजका लागि मतदानको कार्यक्रम तय भएको छ ।
प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भए पनि प्रदेशको नामको विषयमा सहमती हुन सकेको छैन ।
प्रदेशको नामको अन्तिम निर्णय लिन प्रदेशसभामा मतदान हुन लागेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए ।
प्रदेश–२ को प्रदेशसभा सचिवालयमा दत्र्ता भएको राजधानी तथा नामको विषयमा मतदान हुने भएपछि दलहरुले आ—आपना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन दिएका छन् ।
प्रदेश–२ को नामको वारेमा मतदानवाट निर्णय लिन दुई तिहाई मत आवश्यक भए पनि कुनै पनि दलसँग दुई तिहाई मत नभएकोले प्रदेशको नामको टुंगो लाग्ला भन्ने भन्न नसकिने नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतोले बताए ।
समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी वा जनक प्रदेश तथा नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव दर्ता गरेका छन् ।
प्रदेश नंं २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , नेपाली काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरेर १ सय ७ जना मतदाता रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस