सिराहा-पूर्वमन्त्री अजय शंकर नायकले सिराहा कर्जन्हा नगरपालिका ४ का दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न २ सय परिवारलाई खाद्यान्न बाँडेका छन् ।
लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री नायकले अतइबार साँझ खाद्यान्न बाँडेका हुन् । पूर्वमन्त्री नायकको सहयोग र स्थानीय भुल्के सामुदायिक वनको समन्वय र सहयोगमा खाद्यान्न वितरण भएको हो ।
खाद्यान्न वितरणका लागि नेकपा कर्जन्हा नगरपालिका वडा नं. ४ कमिटिले समन्वय गरेको थियो ।
ती विपन्न परिवारलाई २५ केजी चामल, र एक केजी नुन आदि वितरण गरिएको थियो । पूर्वमन्त्री नायकले यसअघि प्रत्येक परिवारलाई साबुन र स्यानेटाइजर समेत वितरण गरेका थिए ।
‘वडा नं. ४ बाट हामीले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई खाद्यान्न वितरण थालेका छौँ’ पूर्वमन्त्री नायकले भने, ‘यो अभियानलाई हामी सिराहा जिल्ला र २ नम्बर प्रदेशभर लैजान्छौँ, यो प्रतिकुल वातावरणलाई अनुकुल बनाएर यो अभियानलाई सबै तह र तप्काले देशव्यापी रुपमा लैजानुपर्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस