बिरगंज- नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार राती अबेर आएको रिर्पोटमा ८ स्वास्थ्यकर्मी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध , ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षिय कर्मचारी , गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षिय कर्मचारी , एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका २३ तथा २८ वर्षिय महिला स्वास्थ्यकर्मी र ३७,४२,४५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।
अन्य नयाँ फेला परेका संक्रमितहरुमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका त्यस्तैगरी वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् । वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष त्यस्तैगरी पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी , पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना संक्रमणका लक्षण समेत रहेको अस्पतालले जनाएको छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २८ जना संक्रमित घरमै रहेका थिए भने आईतबार पुष्टि भएका १८ जना पनि आईसोलेसनमा ल्याई सकिएको छैन ।
सिद्धार्थ माबिमा रहेको प्रि आईसोलेशन मा लक्षण नदेखिएका संक्रमित राख्ने गरी तयारी गरिएको र आज साझसम्म सबै संक्रमितहरुलाई सिद्धार्थ माबि र गण्डक स्थित कोभिड अस्पतालमा राखेर उपचार सुरु गरिसकिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो ।
पर्सागढी नगरपालिकाका स्वास्थ्य केन्द्रहरू बन्द
एउटा स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी रहेको पर्साको पर्सागढी नगरपालिकाका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आईतबारदेखि स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब स्ंकलन गरी र रिपोर्ट नआउञ्जेल स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो ।
बिरुवागुठी, हरपुर, पचरुखी, बागेश्वरी तित्रौना, बागवन्ना स्वास्थ्य चौकीका ४० जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको र सोको परीक्षण रिपोर्ट नआईञ्जेल सेवा बन्द गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताउनु भयो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको परीक्षण रिपोर्ट नआउन्जेल सेवा बन्द गरिएको र रिपोर्ट आएपछि सेवा सुचारु हुने उहाँले बताउनुभयो । पर्सागढी नगरपालिकामा बागवन्ना र बागेश्वरी तित्रौनामा सञ्चालित बर्थिङ सेन्टरमा आकस्मिक सेवा प्रदान भइरहेको छ । पिपिई लगाएर स्वास्थ्यकर्मीले गर्भवती महिलाहरूलाई आकस्मिक सेवा प्रदान गरिरहेको संयोजक पञ्जियारले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस