लहान- सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।
नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ ।
यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन् ।
ती दम्पतीले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस