वीरगञ्ज: प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरका सूचना अधिकारी विजय झाले प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले साउन १९ गते दिनुभएको स्बाव जनकपुरको प्रायेगशालामा परिक्षण गर्दा बुधबार साझ कोरोना पोजेटिभ रिपोर्ट आएको पुष्टि गरेका हुन् ।
बुधबार साझ आएको संक्रमितहरुको सुचिमा मन्त्री ज्ञानेन्द्रकुमार यादवको नाम रहेको छ प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरका सूचना अधिकारी विजय झाले बताएका छन् ।
साउन १८ गते काठमाण्डौबाट फर्किएका मन्त्री यादवको साउन १९ गते पिसिआर परीक्षणको लागि स्बावको नमूना संकलन गरिएको थियो । आइतवार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेको , काठमाडौंमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेको खुलेको छ ।
मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भएको बताईन्छ । उक्त बैठकमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृहमन्त्री रामबहादुर थापा (बादल), , गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षकसंग मन्त्री यादवले भेटघाट गर्नु भएको र काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीसंगपनि भेटघाट भएको बताईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस