वीरगञ्ज – शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीय महिलामा आइतबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना पोजिटिभ पाइएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार साझ वीरगञ्जको ईण्डो अस्पतालमा लगिएको र चार घण्टा उपचार गर्दा कुनै सुधार नआएपछि चिकित्सकको सल्लाहमा गण्डकको अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार गर्दा गर्दै ती महिलाको राति अबेर मृत्यु भएको थियो ।
गण्डकको अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको बताएका छन् ।
कोभिड अस्पतालमै उपचारका क्रममा शनिबार रातिमा मृत्यु भएको र मृत्युपछि शनिबार राति नै स्वाब सङ्कलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा आइतबार राति १२.०० बजे ती महिलाको पीसीआर रिपाेर्ट पोजिटिभ आएको डा. सिंहले बताए ।
यी ४५ वर्षीय महिलामा मृत्युपश्चात कोरोना सङ्क्रमण पुष्टि भएसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ भने साउन महिनामा मात्रै कोरोना सङ्क्रमणको कारण १८ जनाको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस