सुर्खेत-कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र दैलेख जिल्लामा ५ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । कोहलपुरदेखि सुर्खेतसम्म एटी तथा एलटी लाइनको बुस कटिङ हुने भएकाले ७ असोजदेखि ११ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
फरक–फरक दिन सुर्खेत, जाजरकोट र दैलेखमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार ७ असोजमा सुर्खेतको मंगलगढी चोकदेखि पश्चिमका क्षेत्रमा, ८ असोजमा बुदबुदी सवस्टेसनदेखि सुब्वाकुनासम्म, ९ असोजमा खजुरादेखि नेवारेसम्म र १०, ११ असोजमा सुर्खेत, जाजरकोट र दैलेखका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
विद्युत् सेवाको मर्मत र निर्माण कार्य हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए । ‘विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् आउँदैन,’ उनले भने, ‘विद्युतको केही अपग्रेडिङ गर्नुपर्ने भएकाले अवरुद्ध हुन लागेको हो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस