उपेन्द्र न्यौपाने निर्दोष
१६ असोज : जुम्लाको कनकासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले पालिकाको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नु भएको थियो ।
पत्रकार महेश नेपालीले सेवा सर्वेक्षण सम्बन्धि ८ वटै वडाका विभिन्न बस्तीमा पुगेर तयार गरिएको नमुना नागरिक सर्वेक्षणको प्रतिवेदन पेश गर्नु भएको थियो ।
८ वडाका ५० जना सर्वसाधारण हरुमा गरिएको नागरिक सर्वेक्षण प्रतिवेदन अनुसार सेवा लिन जाँदा कर्मचारीको व्यवहार र पालिका प्रति ६२ प्रतिशत नागरिक असन्तुष्ट रहेको पाइएको छ । सबैभन्दा धेरै पालिकादेखि वडामा राखिएको नागरिक वडापत्रबारे कनकासुन्दरीका ८० प्रतिशत नागरिकले थाहा नपाएको बताएका छन् ।
भने, गाउँपालिका र वडा पालिकाबाट कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा ८० प्रतिशत नागरिकले ठिकै रहेको बताउँदा १४ प्रतिशत नागरिक असन्तुष्ट छन् । साथै एकै कामका लागि ४० प्रतिशत नागरिकले दुई पटक भन्दा बढी समय कार्यालय धाउनु पर्ने बाध्यता रहेको बताएका छन् ।
यो प्रतिवेदनले कनकासुन्दरी गाउँपालिकाका कर्मचारीले सेवा प्रवाह गर्दा आफ्नो स्वभावमा सुधार गर्नु पर्ने,नागरिकका आवश्यकतामा आधारित विकास गर्नु पर्ने पर्ने देखाएको छ । सार्वजनिक सुनुवाइमा पालिकाको समृद्धि,विकास,सेवा सुधारका लागि करिब २० जना बढिले प्रश्न जिज्ञासा सोधेका थिए । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत देखि विषयगत शाखा प्रमुखले जवाफ दिएका दिनुभयो ।
गाउँपालिका अध्यक्ष दामोदर आर्चायले समृद्ध कनकासुन्दरीका खाँका कोर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिलो वर्ष सिक्दै बित्यो । पूर्वाधार विकास यहाँको आवश्यकता हो । गाउँ वडा,भूगोल,बस्ती जोड्न पक्की पुल निर्माणमा जोड दिइने छ । सेवा सुधारमा पनि हामी त्यतिकै जिम्मेवार भएर लाग्ने छौ ।”
गाउँपालिका उपाध्यक्ष प्रेम कली बुढाले आन्तरिक आय वृद्धिमा वडादेखि गाउँपालिका जुट्नु पर्ने बताउनुभयो । सीमित स्रोत र असीमित आवश्यकताले चुनौती थपिएको छ । कुनै पूर्वाग्रह नराखी माग र आवश्यकता आधार विकास गरिनेमा जोड दिनुभयो ।
कार्यक्रममा सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, युवा, महिला, दलितको सहभागिता थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस