असल साथी त्यही हो, जसले तपाईँलाई खुसी वा सुखमा मात्रै होइन दुःख अनि पीडा भएको बेलामा पनि साथ दिन्छ । सच्चा साथीहरूले कहिले पनि देखावटी वा बनावटी व्यवहार गर्दैनन् । उनीहरूको चिन्ता र चासोमा कुनै बनावट हुँदैन । तर, कोही साथी स्वार्थी खालका हुन्छन् । भित्र अर्कै स्वार्थ हुन्छ बाहिर देखाउन चाहिँ अरू नै कुरा देखाउँछन् । यस्ता साथी हरेक फ्रेन्ड सर्कलमा हुन्छन् ।
सबैले यस्ता मतलबी अनि स्वार्थी साथीलाई चिन्न सक्दैनन् । तपाईँको साथमा छु भनेर देखाउने तर हरेक कुरामा आफ्नै स्वार्थ खोज्ने साथी जीवनको कुनै न कुनै मोडमा तपाईँले पनि भेट्नु भएको होला । यस्ता व्यक्तिहरू तपाईँबाट आफ्ना केही स्वार्थ पूरा भइरहेको छ वा तपाईँबाट लाभ पाइन्जेलसम्म मात्रै साथी बनेर रहन्छन् ।
साँचो मित्र भावनात्मक र व्यवहारिक साथ अनि सहयोगका अमूल्य स्रोत हुन्छन् । केही अनुसन्धानका अनुसार जीवनमा असल मित्र भएका मानिसहरूलाई तनाव हुन्न । यसले मानसिक र शारीरिक स्वास्थ्यलाई तन्दुरुस्त राखी राख्न मद्दत गर्छ । नक्कली अनि देखावटी साथीमाथि विश्वास गर्न सकिन्न । जब जब तपाईँलाई यिनीहरूको खाँचो पर्छ, त्यतिबेला यिनीहरूले तपाईँलाई चाहिएको साथ, सरसहयोग, सहानुभूति र बफादारी देखाउन सक्दैनन् ।
स्वार्थ साथीलाई कसरी चिन्ने ?
नक्कली साथीहरू उनीहरूलाई चाहिएको बेलामा तपाईँको आसपास भइरहन्छन् । तर तपाईँलाई केही साथ सहयोग चाहिएको बेलामा चाहिँ उनीहरू बेपत्ता हुन्छन् वा कुनै न कुनै बाहाना बनाएर पन्छिन्छन् । तपाईँको कुनै साथी मित्रले पनि यस्तो गरिरहेका छन् भने उनीहरूसँग दूरी बनाउनु नै राम्रो हुन्छ ।
एकोहोरो सम्बन्धः
स्वार्थी साथीसँगको तपाईँको सम्बन्ध एकतर्फी हुन्छ । जस्तै: साथीभाइसँग कुरा गर्दा पनि उनीहरू आफ्नै बारेमा मात्रै गफिइरहेका हुन्छन् । उनीहरूको जीवनमा के भइरहेको छ भनेर भन्छन्, तर तपाईँको जीवनमा भइरहेको उथलपुथलबारे उनीहरूलाई वास्ता अत्तोपत्तो हुन्न । साथमा भएको बेलामा पनि उनीहरूको रुचि आफैँमा हुन्छ । आफ्नोबारे मात्रै बोल्छन् अनि सुन्न मन पराउँछन् । अरूको कुरा सुन्दै सुन्दैनन् । जसको व्यवहारमा यस्तो खालको व्यवहार देखिन्छ, त्यस्ता साथीहरूबाट टाढा बस्नमै तपाईँको भलाइ छ ।
अविश्वसनीय:
यस्ता साथीलाई विश्वास गर्न सकिन्न । यिनीहरूले तपाईँसँग गरेको वाचा पनि पूरा गर्दैनन् । कुनै पनि कुरामा यिनीहरूमाथि भर पर्न सकिन्न । भर पर्नै मुस्किल छ । तपाईँलाई परेको बेलामा सहयोग गर्छु भनेर वाचा गरे पनि अन्तिम समयमा तपाईँलाई अप्ठ्यारोमा छाडेर भाग्छन् ।
विश्वासघात:
देखावटी अनि झूटा साथी कहिले पनि कोही प्रति बफादार हुन सक्दैनन् । तपाईँले उनीहरूलाई भन्नु भएका गोप्य कुरा अरूलाई भन्दै हिँड्न पनि सक्छन् । तपाई नभएको बेलामा तपाईँकै कुरा काट्छन् । तपाईँबारे भए/नभएको अफवाह फैलाउँछन् ।
बेइज्जत गर्ने:
यस्ता व्यक्तिले अरूको अगाडि तपाईँलाई झुटो साबित गरेर तपाईँको बेइज्जत पनि गर्छन् । तपाईँको अपमान गर्न, उपहास गर्न पछाडि पर्दैनन् ।
ईर्ष्या:
यस्ता साथी तपाईँको सफलता र उपलब्धिबाट डराउँछन्, प्रगतिको ईर्ष्या गर्छन् । तपाईँको उपलब्धिमा रमाउनुको सट्टा उल्टै तपाईँसँग प्रतिस्पर्धा गर्ने कोशिश गर्छन् । यस्ता व्यक्तिसँग जति छिटो सक्नु हुन्छ टाढिनुमै तपाईँको हित छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस