सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक आइडी बनाएर मुख्य मन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा मुख्य मन्त्री शाहीका नाममा नक्कली अकाउण्ट बनाई अवाञ्छित क्रियाकलाप भइरहेको भन्दै मुख्य मन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुख्यमन्त्रीको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने उद्देश्यका साथ नक्कली आईडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्क गरी आवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाईएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘अवाञ्छित तत्वहरुबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसायका साथ गरिएको यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक, समर्थक तथा आम जनसमुदायलाई विनम्र अनुरोध गर्दछु,’ मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले प्रेस विज्ञप्ती भनेका छन्, ‘यस्ता क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय पनि भइसकेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस