हुम्ला कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाली सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।
निक्कै असजिलो र चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले बताउनुभयो । उक्त भीर छिचोलिएसँगै अब सर्केगार्ड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रममा रहेको उहाँले बताउनुभयो ।
नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दल छिचोल्न सफल भएको उक्त खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताउनुभयो । चट्टानको लेवल मिलाउने, गाह्रो लगाउने, ग्याबिन भर्ने काम समेत सुरु भएको उहाँले बताउनुभयो । जुन क्षेत्रमा सेनाले मापदण्ड पूरा गर्ने कार्य हाल गरि रहेको उहाँले बताउनुभयो ।
सेनाले निक्कै कष्ट र मिहेनेतका साथ रात दिन नभनी जनशक्ति, मेशिन र बिष्फोट गर्ने कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको उहाँले बताउनुभयो । भीर छिचोलिएपछि सेनाले मेशिन पनि भीर पार गरेर सलीसल्लामा काम गर्ने क्षेत्रमा ल्याएको छ । छ सय मिटर लम्वाइ भएको उक्त भीरमा विष्फोटका लागि कामदारले शरिरमा डोरी बाँधेर भीमा काम गरेको उहाँले बताउनुभयो । बीस मिटर अग्लोबाट चट्टानलाई विष्फोट गरेर सडक निर्माण गरिएको छ । उहाँले अब असजिलो भीरमा ट्रयाक खोल्ने कार्य पूरा भएकोले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पुगेको बताउनुभयो । सेनाले सलीसल्ला भीरमा काम गर्न निक्कै कठिन रहेको बताउँदै आएको थियो । माथि भीर र तल कर्णाली नदीमा काम गर्ने जोखिम कामदारलाई थियो । तर सहजै रुपमा काम सम्पन्न गर्न सेना सफल भएको उहाँले बताउनुभयो ।
अबको केही समयपछि सेनाले गाडी गुडाउने जनाएको छ । कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको कुन सडकमध्ये कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्ला जिल्लाको २७ किलो मिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबोट सलीसल्लासम्मको १२ किलो मिटरमा सेनाले अन्तिम चरणको निर्माण कार्य गरिरहेको छ । सो क्षेत्रमा चैत्रभित्र ट्रयाक खोल्ने कार्य पूरा गर्ने र असारसम्म गाडी गुडाउन योग्य बनाइने सेनाले जनाएको छ । यसअघि सेना सडक निर्माण कार्य पूरा गरेपछि दक्षिणी हुम्लाका दुई वटा ताँजाकोट र अदानचुली गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस