सोल-दक्षिण कोरियाम कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यहाँ रहेका नेपाली कामदार आत्तिहाल्नुपर्ने अवस्था नभएको बताइको छ |
त्यहाँ कार्यरत नेपाली संघ सस्था पदाधिकारी, कामदार, ब्यबसायी, बिद्यार्थीले तुरुन्तै आत्तिहाल्नु नपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् |
लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए ।
‘समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने , ‘कोरिया सरकारले नै थप सङ्क्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ ।’
सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उल्लेख गर्दै पोखरेलले कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी दिए ।
‘कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्”, पत्रकार पोखरेलले भने , ‘नेपाली दूतावासले पनि सङ्क्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ ।’
कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्कनुभन्दा पनि सुरक्षित रुपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उनको भनाइ छ ।
सतर्कता अपनाउन आग्रह
सोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद रोगको सङ्क्रमण फैलँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ ।
कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा अवैधानिकरुपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने जनाएको छ ।
कोरियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पताललाई निर्देशन दिएको छ । अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ ।
नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा सोल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।
यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले पनि कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस