सोल-कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्रका कारण व्यापार व्यवसाय नराम्ररी प्रभावित भइरहेका बेला दक्षिण कोरियामा कर्मचारी मजदुरले पाउने न्युनतम पारिश्रमीकको विषय चर्चामा आउन थालेको हो ।
हालै दक्षिण कोरियामा रहेको मजदुर संगठनले सन् २०२१ मा कर्मचारी मजदुरको न्युनतम पारिश्रमीक बढाउन माग गरे पछि उक्त विषय ‘हटकेक’ भएको हो ।
दक्षिण कोरियाली मजदुर संगठनले कर्मचारी मजदुरको तलव भत्तामा न्युनतम २५ प्रतिशत बढाउन गर्न माग गरेको छ ।
यता व्यापार तथा व्यवसायीहरुले भने कोरोना संक्रमणले व्यवसाय थला परेको कारण जनाउदै न्युनतम पारिश्रमीकमा वृद्धि गर्न नसकिने बताउदै आएको छ । हाल दक्षिण कोरियाको न्युनतम आय ७.१७ अमेरिकी डलर अर्थात ८५९० वन रहेको छ ।
न्युनतम पारिश्रमिकको चर्चा चुलिदै गए पश्चात श्रम तथा रोजगार मन्त्रालयमा ब्यवसायी, मजदुर तथा सर्वसाधारण प्रतिनिधि सम्मिलित २७ सदसीय प्रतिनिधि मण्डलको वार्ता समेत बसेको थियो । सन् २०२० मा २ पटक रोकिएको न्युनतम ज्याला सम्बन्धि वार्ता यस पटक भने अगाडी बढेको छ ।
वार्तामा मजदुर संगठनहरुका प्रतिनिधिहरुले मजदुरको न्युनतम पारिश्रमिक १०,७७० वन प्रति घण्टा हुनुपर्ने बताएका छन् भने व्यापारीक संगठनका प्रतिनिधिहरुले भने अधिकतम १०,००० वन प्रति घण्टा सम्म दिन सकिने बताएका छन् ।
उनीहरुले १० हजार वन प्रति घण्टा तलव दिन पनि साना कम्पनिहरुलाई फलामका च्युरा चपाए सरह हुने भएका कारण १०,७७० वोन प्रति घण्टा तलव माग अस्वभाविक भएको बताएका छन् ।
वार्ता पश्चात आ-आफणना धारणा सहितको प्रतिवेदन व्यापारिक संगठन तथा मजदुर संगठनले एक अर्कालाई बुझाएका छन् ।
विस्तृत छलफल पश्चात उक्त विषयलाई टुङ्गामा पुर्याईने बताउदै बैठक सकिएको उनीहरुले बताएका छन् ।
दुबै तर्फको निर्णयका आधारमा श्रम तथा रोजगार मन्त्रालयले आगामी अगष्ट ५ सम्ममा न्युनतम तलव सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस