सोल-दक्षिण कोरियामा मजदूरहरुको पारिश्रमिक वृद्धि भएको छ।
राष्ट्रिय ज्याला निर्धारण आयोगले मजदुरहरुको तलव सुविधा प्रतिघन्टा ८७२० वन तोकेको हो ।
आयोगका अनुसार यो ज्याला गत वर्षको भन्दा १.५ प्रतिशतले बढी हो ।
दक्षिण कोरियाली तलव आयोगको नवौँ बैठकले उक्त नयाँ तलवमान निर्धारण गरेको हो । उक्त बैठकमा रोजगारदाता, मजदुर तथा सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
दक्षिण कोरियामा न्यूनत्तम पारिश्रमिकको अवधारणा सन् १९८८ मा ल्याइएको थियो भने यो पारिश्रमिक बृद्धी हालसम्मकै न्युन हो । यस अघि सन् १९९८ मा मजदुर कर्मचारीहरुको न्यूनत्तम तलवमा जम्मा २.७ प्रतिशतले बृद्धी गरिएको थियो ।
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई ब्यवस्थापन गर्नका लागि यस बर्ष तलवमानमा खासै परिवर्तन गर्न नसकिएको आयोगले बताएको छ ।
यसबाट साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने उद्यमीहरुलाई भने राहत महसुस हुने भएको छ ।
मजदुरहरुले बैठकको सुरुमा न्युनतम ज्याला १० हजार वन माग गरेका थिए जुन गत बर्षको भन्दा १६.४ प्रतिशतले बढी हो ।
वार्ताका क्रममा उनीहरु उक्त बृद्धी २.१ प्रतिशतमा कायम गर्न सहभागी भएका थिए । सम्पुर्ण सरोकारवालाहरुसँगको ब्यापक छलफल पश्चात उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त निर्णय अगष्ट ५ भित्रमा सार्वजनिक गरिने छ र उक्त नउाँ तलवमान आगामी बर्षको जनावरी १ तारिखबाट लागु गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस