काठमाडाैं-सरकारले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै विदेशमा निःशुल्क उद्धारको पर्खाइमा रहेका बेखर्ची श्रमिकहरूले सात गुणासम्म महँगो हवाई टिकट किन्नुपर्ने अवस्था सिर्जना भएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन १७ भदौदेखि केही मुलुकहरूबाट नियमित उडान गर्न सरकारले स्वीकृति दिएको छ ।
तर, एयरलाइन्स कम्पनीहरूको टिकट दर चार्टर उडानभन्दा दुई गुणा तथा सामान्य अवस्थाको दरभन्दा सात गुणासम्म महँगो रहेको छ । सरकारले युएई, मलेसिया, जापान, चीन, हङकङ, टर्की, कोरिया र कतारबाट नियमित उडान गर्ने भएको थियो ।
सामान्य समयमा मलेसिया उडानमा एकतर्फी उडानको १६ हजारदेखि २२ हजार रुपैयाँ थियो । तर, सरकारले हालै खोलेको नयाँ नियमित उडानमा भने नेपाल फर्कन १ लाख ४१ हजारसम्म तिर्नुपर्ने भएको छ ।
सामान्य अवस्थामा बढीमा २५ हजार रुपैयाँमा नेपाल फर्कन पाउने युएईमा काम गर्ने मजदुरले ८० हजारसम्म तिर्नुपर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनामा ५५ उडान गर्ने तालिका सार्वजनिक गरेको छ । जसमा विदेशी एयरलाइन्सलाई २९ वटा, नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलाइन्सलाई १२ वटा उडान तोकिएको छ ।
चार्टर उडानतर्फ २७ वटा उडानतालिका सार्वजनिक गरेको छ । तर, पिसिआर र आरटिडी परीक्षण सहज नभएका र अन्तर्राष्ट्रिय उडान नखुलेका खाडी मुलुकमा भने चार्टर उडान नै गर्ने भएको छ ।
सरकारले शुरु गरेको अहिलेको नियमित उडानमै पनि मलेसियाबाट चार्टरभन्दा टिकट मूल्य अत्यधिक चर्को भएको नेपाली समाज मलेसियाका अध्यक्ष वीरेन्द्रकुमार नेगीले बताए ।
मलेसियाबाट नेपाल फर्कन नेपाल एयरलाइन्सको दर सेप्टेम्बर ३० मा १ लाख ४१ हजार रुपैयाँ (५,०४० रिंगेट) सम्म रहेको मलेसियामा रहेको ट्राभल एजेन्सी स्काई होम ट्राभल एन्ड टुरले जनाएको छ ।
त्यस्तै, मलेसियन एयरलाइन्सले ९२ हजार ३ सय १७ रुपैयाँ (३,२९० रिंगेट) रहेको छ भने मलिन्दो एयरलाइन्सको ३० सेप्टेम्बरका लागि १ लाख ३८ हजार ८ सय ९७ रुपैयाँ (४,९५० रिंगेट) रहेको छ ।
मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलिन्दो एयरलाइन्स र मलेसिया एयरलाइन्सले नियमित उडानको अनुमति पाएका छन् । यी एयरलाइन्सहरूको टिकट दर उडान मितिअनुसार फरक रहेको छ ।
सबैभन्दा कम मलिन्दो एयरलाइन्सको बुधबारको उडानको टिकट दर ५१ हजार ६ सय ३० रुपैयाँ (१,८४० रिंगेट) रहेको छ । त्यस्तै, हिमालय एयरलाइन्सको दर ९२ हजार ३ सय १७ रुपैयाँ (३,२९० रिंगेट) सम्म रहेको छ । यसअघि चार्टर उडानमा ४४ हजार ६ सय ४० रुपैयाँ भाडा तोकिएको थियो ।
दुबईबाट नेपाल आउन हिमालय एयरलाइन्समा ८५ हजार लाग्ने भएको छ । नेपाली एयरलाइन्सले भन्दा पनि विदेशी एयरलाइन्सले झनै महँगो भाडा तय गरेका छन् । एयर अरेबिया र फ्लाई दुबईले १ लाख २ हजार रुपैयाँ (३,२०० दिराम) सम्ममा टिकट बिक्री गरिरहेका छन् ।
नेपाल वायुसेवा निगममै दुबईबाट नेपाल आउन ८० हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । सामान्य अवस्थामा युएईबाट आउने टिकटको मूल्य भनेको २५ हजार रुपैयाँ हो ।
चार्टर उडानमा ४४ हजार ६ सय ४० रुपैयाँ मात्रै रहेको थियो । कुवेतबाट नेपाल आउन पनि नेपालीहरूले ६५ हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । कुवेतबाट आउनका लागि चार्टर उडानमा ४९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस