काठमाडौं-ओभर स्टेबापतको जरिवाना भुक्तानी गर्न नसक्दा १७ नेपाली श्रमिक दुबईमा अलपत्र परेका छन् । पाँच महिनादेखि बेरोजगार उनीहरूले उद्धारका लागि सरकारलाई गुहारिरहेका छन् । तर, सरकारले चासो देखाएको छैन । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार गत २६ साउनमा उनीहरू स्वदेश फर्किने सबै तयारी भइसकेको थियो । युएईस्थित नेपाली दूतावासको पहलमा उनीहरू काम गर्ने फ्ल्याक्स फ्यास्यालिटी कम्पनीले नेपाल एयरलाइन्सको टिकट उपलब्ध गराएर विमानस्थलसम्म पनि पु¥याइदिएको थियो ।
तर, विमानस्थल पुगेपछि मात्रै उनीहरूले ओभर स्टेबापतको जरिवाना तिर्नुपर्ने थाहा पाए । लामो समयदेखि बेरोजगार श्रमिक जरिवाना भुक्तानी गर्न नसकेपछि विमानस्थलबाट फर्किन बाध्य भए ।
उनीहरूको जरिवाना प्रतिव्यक्ति ३१ हजार चार सय पुगेको थियो । ‘धेरै साथीहरू दुबई आएकै एक महिना भएको थियो, केहीको पाँच महिना पनि पुगेको थियो । त्यसलगत्तै लकडाउन भएपछि सबै बेरोजगार भयौँ ।
पाँच महिनादेखि बेरोजगार हामीले कसरी जरिवाना शुल्क तिर्न सक्थ्यौँ र,’ अलपत्र परेकामध्येका खोटाङका भूपेन्द्र राईले फोनमा भने । आफूहरू अहिले गैरआवासीय नेपाली संघको आश्रयमा रहेको उनले बताए ।
युएईमा करार अवधि सकिएका श्रमिकले पहिलो दिनको करिब नौ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यसपछि भने प्रतिदिन आठ सय रुपैयाँ जरिवाना लाग्छ । भिजिट भिसामा जानेको हकमा भने प्रतिदिन तीन हजार दुई सय जरिवाना तोकिएको छ । श्रमिकको हकमा युएई सरकारले लकडाउन अवधिमा १२ जुलाईसम्मको जरिवाना छुट दिएको थियो । त्यस्तै, भिजिट भिसामा गएकालाई १० सेटेम्बरसम्मका लागि छुट दिएको थियो ।
महामारीका कारण लकडाउन भएको केही समयपछि उनीहरू काम गर्ने फ्ल्याक्स फ्यास्यालिटी कम्पनी नै बन्द भयो । कम्पनीले उनीहरूको भिसा पनि क्यान्सिल गरिदियो । यस्तो अवस्थामा उनीहरूले एक महिनाभित्र स्वदेश फर्किनुपथ्र्यो । तर, फर्किन सकेनन् । ‘सुरुमा फर्किन सकेनौँ । छुट दिएको अवधिभित्र फर्किन पाएको भए पनि जरिवाना लाग्ने थिएन, अब त दिनदिनै जरिवाना रकम थपिँदै गइरहेको छ । सरकारले पहल नगरे त हामी कसरी फर्किन सक्छौँ र,’ अर्घाखाँचीका कृष्णबहादुर गन्धर्वले फोनमा भने ।
युएईमा मात्रै अहिले करार अवधि सकिएका करिब १५ हजार श्रमिक रहेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस