काठमाडौँ-लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।
उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो ।
आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस