काठमाडौं-वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धारलाई सहज नबनाउँदा भिसा अवधि सकिएका २ लाखभन्दा धेरै श्रमिक स्वदेश फर्कन पाएका छैनन् ।
खाडी र मलेसियालगायतका मुलुकमा भिसा अवधि सकिएका श्रमिकहरू ओभरस्टेको चर्को जरिवानामा पर्न थालेका छन् । मानवअधिकार आयोगको अध्ययनले प्रतिदिन १५ सय श्रमिकको भिसा अवधि सकिन्छ ।
यस हिसाबले नेपालमा लकडाउन सुरु भएदेखि हालसम्म २ लाख ७५ हजार श्रमिकको भिसा अवधि सकिएको छ । तर, ६ असोजसम्म जम्मा ६३ हजार ५ सय मात्रै स्वदेश फर्किका छन् भने २ लाख ११ हजार ५ सय श्रमिक मुलुक फर्कन पाएका छैनन् ।
श्रमिकले सम्बन्धित मुलुकमा भिसा अवधि सकिएपछिको हरेक दिन ओभरस्टेको नाममा जरिवाना तिर्नुपर्ने हुन्छ । धेरै मुलुकले ओभरस्टेमा बसेका श्रमिकहरूलाई महामारीका सुरुका महिना छुट दिए पनि त्यसवेला सरकारले उद्धार गर्न नसक्दा उनीहरू जरिवानामा पर्न थालेका छन् ।
सरकारको उद्धार कार्य सुस्त हुँदा श्रमिकहरू ठूलो जरिवानामा पर्दै आएको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । श्रमिकहरूले सम्बन्धित मुलुकले दिएको जरिवाना छुटको सुविधा उपयोग गर्न नपाएको उनले बताए ।
कोभिड–१९ को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै कतिपय मुलुकले अवैधानिक रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक कागजपत्र बनाउनसमेत अवसर दिएका छन् ।
सरकारले उडान संख्या र नेपाल फर्काउन श्रमिकको संख्यामा कोटा तोक्ने, नियमित उडान नगर्ने र सम्बन्धित मुलुकका एयरलाइन्सलाई उडान अनुमति नदिँदा श्रमिकहरूले छुट सुविधासमेत उपयोग गर्न नपाएको राजदूत सिंहले बताए । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस