सोल-दक्षिण कोरियाको सरकारी मानव अधिकार आयोगले ख्योङ्गी प्रान्त सरकारलाई आप्रवासी नागरिकहरुलाई समेत प्रत्यक्ष आर्थिक राहत वितरण गर्न भनेको छ ।
कोरोना भाइरसका कारण कोरियाली मात्र नभई अन्य देशबाट आएर दक्षिण कोरियामा बसोबास गर्नेहरु पनि उत्तिकै प्रभावित भएको बताउदै आयोगले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।
यो दक्षिण कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले ख्योङ्गी प्रान्त सरकारका गभर्नर ली जाई म्युङलाई सोही विषयमा दिएको दोश्रो पटकको सल्लाह हो । आयोगले सरकारले तोकेको राहत प्याकेज कोरियाली नागरिक सरह दक्षिण कोरिया इतरका नागरिकहरुलाई समेत वितरण गर्न सुझाव दिएको छ ।
दक्षिण कोरियामा रहेका न्युजिल्याण्ड तथा चिनियाँ नागरिकहरुले अनलाइनबाट हस्ताक्षर संकलन गरि कोरियाली नागरिकहरुले सरह आफूहरुले समेत राहत पाउनुपर्ने माग राख्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका थिए ।
यता मानव अधिकार आयोगले आप्रवासी नागरिकहरुले समेत कोरोना नियन्त्रणमा कोरियाली नागरिक सरह नियम पालना गरेको तथा सरकारी निषेधाज्ञाको समेत पालना गरेको भन्दै उनीहरु पनि कोरियाली नागरिक सरह राहत पाउनु पर्ने बताएको हो ।
विपदको बेला सरकारले स्वदेशी नागरिक र विदेशी नागरिकको ट्याग भिराउँदा मानिसहरुको न्युनतम मानव अधिकारकै हनन भएको बताउदै सरकारले आफ्नो सो निर्णयमा पूनर्विचार गरि प्रान्तमा बस्ने सबै नागरिकलाई समान व्यवाहार गर्न समेत भनेको छ ।
आयोगको ध्यानाकर्षण पश्चात जवाफ दिँदै गभर्नर लीले तत्कालै आप्रवासीहरुलाई राहत दिन सम्भव नभएको र स्थानीय निकाय मार्फत तथ्याङ्क संकलन गर्ने काम भइरहेको बताएका छन् । उनले तथ्याङ्क उपलब्ध भए पश्चात अध्ययन गरि राहत वितरण कार्यक्रममा आवश्यक परिमार्जन गर्न सकिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस