काठमाडौं-जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रहेका छन् । वैदेशिक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरूले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।
सम्बन्ध बिच्छेद गर्नेहरूले आफूले पाउने अंशमा समेत दाबी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए ।
‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिब आधाले अंशको माग दाबी गर्दैनन्’, भट्टराईले भने, ‘अंशको माग दाबी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दाबी नगरेको पाइन्छ ।’
सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी व्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढी समय लाग्छ ।
सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्दाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्दा छ । त्यसमध्ये २१ थान फछ्र्यौट भइसकेको छ भने ४६ थान बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस