काठमाडौँ – ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।
वैदेशिक रोजगार विभागको प्रस्ताव अनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । यसअनुसार कोरिया जाने कामदारहरूले सम्बन्धित बिमा कम्पनीहरुसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा बुझाउन सक्नेछन् ।
सूचीकृत नभएका अन्य बिमा कम्पनीहरू यस बिमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिने समेत विभागले जनाएको छ । ईपीएस अन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि कोरोना मापदण्डको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षसँगको प्रतिबद्धता अनुरुप सरकारले कामदार लैजाने प्रक्रियाअगाडि बढाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस