काठमाडौं-दक्षिण कोरियाले कमिटेड नेपाली कामदार लैजाने क्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा आउदो मङ्सिर ८ गते ८३ जना नेपाली कामदार कोरिया उड्ने भएका छन्।
बैदेशिक रोजगार बिभाग अन्तर्गत ईपीएस कोरिया शाखाले मंगलबार जनाए अनुसार ८३ जना मध्ये ४ जना महिला रहेका छन्। फरक कृषि परेका महिलाहरु कुमारी नेम्बाङ्ग चेम्जोङ्ग,भिमकुमारी राई ,डेमा पिम्बा भोटे र गोमा बस्याल रहेका छन्।
उडान तालिका तोकिएका नेपाली कामदारहरुले रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत माछापुच्छ्रे बैंकमा इपिएस कार्यालयको खाता न २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर, एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर पेश गर्नुपर्ने छ।
त्यसैगरि वैदेशिक रोजगार विभागमा सूचिकृत बिमा कम्पनीबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि,
कोभिड जोखिम विमा गरेको विमालेखको प्रतिलिपि र कोरिया पुगेपछि १० दिन पुग्ने क्वारेन्टाईन खर्चमा क्वारेन्टाईन खर्चको व्यवस्था गर्नुपर्ने छ।
कोरोना भाइरसका कारण बिदेशी कामदारको आपूर्तिमा समस्या भएपछि त्यहाँको साना तथा मझौला काम्पनिहरुमा मजदूर अभाव हुदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस