पोखरा– पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन ।
कर्पाकेली समाजको प्राङ्गणमा पुरुष र महिला तर्फको क्वाटरफाईनल र भेट्रन्स तर्फ सेमिफाईनल खेल सम्पन्न भएका हुन ।
‘स्वास्थ्यका लागि खेदकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आज (बिहिबार) सम्पन्न महिला तर्फको क्वाटरफाईनल खेलबाट टिजी गर्ल, द्वोहा समाज, लालीगुँरास पुन समाज टिम ‘ए’ र ‘बी’ अन्तिम चारमा प्रबेश गर्याे ।
टिजी गर्लले अर्चलबोटलाई २५–१२, २३–२५ र २५–१२ को अङ्क नतिजा सहित पराजिद गर्दै सेमिफाईनलको यात्रा तय गर्याे ।
त्यस्तै न्यु ग्यालेक्सीको अनुपस्थितिमा द्वोहा समाज वाकओभर मार्फत बिजयी घोषित हुदै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।
त्यस्तै लालीगुँरास पुन समाज टिम ‘बी’ ले २५–८ र २५–११ को सोझो सेटले सेञ्चुरी क्लब छोम्रोङलाई पराजित गर्दै द्वोहा समाजसँगको भेट पक्का गर्याे ।
अन्तिम क्वाटरफाईनल खेलमा दग्नाम समाजलाई लालीगुँरास पुन समाज टिम ‘ए’ ले २७–२५, २७–२५ को सोझो सेटमा हराउदै टिजी गर्लको निम्तो पायो ।
प्रतियोगिताको खेल संयोजक अनिल गुरुङका अनुसार पुरुष तथा महिला तर्फको सेमिफाईनले खेल शुक्रबार हुनेछ ।
यस अघि पुरुषतर्फको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको गरिसकेको गुरुङले बताए ।
गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।
त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।
उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस