पोखरा-सहारा क्लब पोखराको आयोजनामा सम्पन्न १७ औं आहा रारा गोल्ड कपको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।
पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गर्दे गत फागुण ९ देखी १८ गते सम्म सञ्चालन भएको उक्त गोल्ड कपको आय व्यय विवरण सार्वजनिक गरेको हो ।
सहारा क्लबका कोषाध्यक्ष राजु लालचनले १ लाख ४९ हजार ३ सय २६ रुपैया बचत रकम सहितको आय व्यय विवरण सार्वजनिक गरे । लालचनले बिभिन्न शिर्षकमा प्रस्तुत गरेका आय व्यय विवरणको ब्यालेन्स सिट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया रहेको थियो ।
सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले गत बर्ष भन्दा यस बर्ष कम बचत भएको जानकारी दिए । उनका अनुसार गत अघिल्लो संस्करणमा २३ लाख बढि रकम बचत भएको थियो भने यस बर्ष १ लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ ।
अध्यक्ष थापाले यस वर्ष टिकेटबाट सोचे जस्तो आम्दानी हुन नसकेको बताउदै १८ लाख मात्र संकलन भएको उल्लेख गरे । ‘गत बर्ष टिकेटबाट ३३ लाख उठाएका थियौ यो बर्ष कप गर्ने कि नगर्ने भनेर हामी आफै दुबिद्यामा थियौ उनले भने, ‘अझ सोचे जस्तो ब्यानर पनि उठ्न सकेन ।’
फागुण १८ गते खेलकुदको बिकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै रुस्लान थ्रिस्टारले १७ औं संस्करणको उपाधि जितेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस