काठमाण्डौ – वेस्ट इन्डिज संगको पहिलो टि – २० मा भारतले ४ विकेटले जितेको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको ९६ रनको सामान्य योगफल पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै १६ बल अगाडी लक्ष्य पुरा गरेको हो ।
वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । सुरुवाती ६ ओभरमै ५ विकेट गुमाएको वेस्ट इन्डिजका लागि काइरन पोलार्डले सर्बाधिक ४९ रन जोड्दै सम्मानजनक योगफल सम्म पुर्याएका थिए । निकोलस पुरनले २० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिजका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्सम्यान डक आउट भए ।
वेस्ट इन्डिजलाई कम योगफलमा रोक्न टि – २० डेब्यूमा गरेका तीब्र गतिका युवा बलर नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमारले २ विकेट हात पारे । वासिश्टन सुन्दर, खलील अहमद, क्रुनाल पाण्डया र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
भारतका लागि ओपनर रोहित शर्माले २४ रनको योगदान दिए । क्रुनाल पाण्डया १२, ऋषभ पन्त ० , शिखर धवन १ मनिष पाण्डे र कप्तान विराट कोहली समान १९ रनमा आउट भए । रविन्द्र जडेजा १० र वाशिन्टन सुन्दर ८ रनमा नटआउट रहे । वेस्ट इन्डिजका लागि सुनिल नारायण, शिल्डन कट्रोल, किमो पलले समान २ / २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
वेस्ट इन्डिज संगको तीन टि – २० सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो खेल आइतबार सेन्ट्रल ब्रोवार्ड क्षेत्रीय पार्क टर्फ ग्राउण्ड लाउन्डरहिलमा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस