काठमाडौँ : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्षमा अमेरिकास्थित एक नेपाली व्यवसायीले उम्मेदवारी दिने भएका छन् । अमेरिकाको वासिङटन राज्यको सियाटलमा बस्दै आएका बस्दै आएका एसी शेर्पाले सो पदमा उम्मेदवारी दिने भएका छन् । हाल उनि एनआरएन नर्थ अमेरिकाको क्षेत्रिय उप संयोजक रहेका छन् ।
शेर्पाले आगामी कार्यकालका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको जानकारी गराएका छन् ।आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा शेर्पाले ‘आर्थिक अनुशासन र पारदशीता’को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको वताए ।
लामो समय देखी सामाजिक कार्यमा सकृय शेर्पा नेपालका लागि अवैतानिक बाणिज्यदूत पनि हुन् । एनआरएनको स्थापनाकालदेखि नै अभियन्ताको रुपमा सक्रिय रहेका शेर्पाले नेपालमा एनआरएन भवन बनाउन अमेरिकाबाट निकै ठूलो योगदान पुर्याएका थिए ।
अमेरिकामा बसोवास गरेर धेरै नेपालीको मन जित्न सफल बन्दै आएका शेर्पाले प्रवासीको समस्या समाधानमा सक्रिय रहने प्रण गर्दै एनआरएनएको संस्थागत विकास गर्ने बताएका छन् । उनले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा वैदेशिक लगानी भित्र्याउन सहयोग गर्दै आएका छन् ।
भूकम्पका बेला नेपालका जिल्लामा पुगेका शेर्पाले एनआरएनको सहयोगमा गोरखाको लाप्राकमा निर्माणाधीन बस्ती निर्माण, सिन्धुपाल्चोक र सोलुखुम्बुमा दुईवटा स्कूल बनाउन सहयोग गरेका छन् ।
शेर्पा कीर्तिमानी सगरमाथा आरोही पनि हुन । यसैगरी, उनले सन् २००६ देखि ‘सेभेन समिट’ नामक आफ्नै संस्थाबाट २० हजार भन्दा बढी महिला र बालबालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्याएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस