फिदिम – कृष्ण जन्माष्ठमी लाखे जात्राको अवसरमा म्याङ्लुङ नगरपालिकाको तेह्रथुम बजारमा खुल्ला लिम्बू भाषाको पालाम प्रतियोगिता आज सम्पन्न भएको छ ।
सस्कार सस्कृतिको प्रवर्द्धन गरौ लिम्बू पालामलाइ संरक्षण गरौ भन्ने मुल नाराका साथ भएको पालाम प्रतियोगितामा ७ समूहले भाग लिएका थिए । म्याङ्लुङ नगरपालिका तेह्रथुमको आर्थिक सहयोगमा भएको सो कार्यक्रममा लाङ्देङमा समुह धरान प्रथम भएका थिए भने फुङसेमी सबनाम र पाचथरको रानिगाउ समूह दोस्रो भएका छ्न । यसैगरी म्याङ्लुङ नगरपालिकाका स्थानीय समुहले तेस्रो स्थान र चन्द्रकला लिवाङ समुहले सान्त्वना पुरस्कार पाएका छन ।
म्याङ्लुङ स्पोर्टिङ युवा क्लब द्वारा आयोजित उक्त पालाम प्रतियोगितामा लिम्बू समुदाय भित्र प्रचलित रहेको धाननाचसङ्गै भनिने पालाम लिम्बु जातिको अमुल्य सस्कार सस्कृती भएकोले संरक्षण गर्नुपर्ने बताइएको छ । तेह्रथुम जिल्ला ढाकाको पहिचान भए जस्तै भाषा कला सस्कृतिको सम्बर्द्धन हुनु जरुरी भएको नगर प्रमुख सन्जयकुमार तुम्बाहम्फेले बताउनु भएको छ । उक्त कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना नगद तथा प्रमाणपत्र दिइएको थियो ।
उक्त कार्यक्रममा म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख सन्जय कुमार तुम्बाहाम्फेको प्रमुख आथित्यतामा थियो भने । उप-प्रमुख जमुना सुवेदी , म्याङ्लुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई लेखा अधिकृत गोपाल कृष्ण लिम्बू समाजसेवी प्रेम तुम्बाहाम्फे किरात याक्थुङ चुम्लुङ्का प्रदेश सदस्य दिलु सुब्बा र म्याङ्लुङ स्पोर्टिङ क्लबका सदस्य तथा मेन्छ्यायेम एफएमका संचारकर्मी राजकुमार तेयुङ तरेवा लगायतको उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस