गैर आवासीय नेपाली सँघ (एनआरएन) बेलायतको युवा संयोजकमा नविन गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् ।
आगामी सेप्टेम्बर १४ तारिखमा बेलायतमा हुने निर्बाचनका लागि उनले युवा समिति तर्फको संयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन ।
बेलायतमा रहेर मिडिया क्षेत्रमा काम गर्दै आएका तनहुँ कोत्रेका गुरुङले युवाहरुको नेतृत्व चुस्तता र एकिकृत गर्ने उद्देश्य सहित आफुले उमेद्वारी दिन लागेको बताए ।
अन्र्तराष्ट्रिय नेपाली फुटबल लिगका संस्थापक समेत रहेका उनले खेल क्षेत्रमा स्थापित हुन चाहने नेपाली युवाहरुलाई सहयोग गर्न र अग्रणी भुमिकामा ल्याउन पहल गर्ने बताए ।
युवा संयोजक बन्नका लागि आफुले बिगतमा गरेको कार्यहरु नै प्रर्याप्त रहेको बताउदै गुरुङले बेलायतमा रहेका हरेक क्षेत्रका युवाहरुलाई एउटै मालामा गाँस्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले युवाहरुको तर्फबाट मुल समितिलाई गर्नुपर्ने सहयोगमा कुनैपनि कमि नगर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।
गुरुङ फुटबल खेलाडी, मिडियाकर्मी मात्र नभएर सफल युवा ब्यबसायी समेत हुन् । उनले बेलायतमा रहेका नेपालीहरु बिचको सामाजिक भावनालाई एकता गर्न र बलियो बनाउनका लागि र बिभिन्न बिषयमा सचेतनामुलक कार्यहरु समेत गर्दै आएका छन ।
गुरुङले बिगत एक दशकदेखी बेलायतमा नेपाली चलचित्र प्रदर्शन गर्नुका साथै शृङखला खतिवडाको समन्यवमा बिभिन्न च्यरिटीको आयोजना समेत गरिसकेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस