एजेन्सी-भारतीय अभिनेता शाहरुख खान ५३औं बसन्त पार गरेर ५४औं वर्षमा प्रवेश गरेका छन्। विश्वकै धनी कलाकार खानका बारेमा केहि राेचक तथ्यः
१. शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।
२. अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलाई फ्रान्सको ‘लिगियन अफ फ्रान्स अवार्ड’ मिलेको छ ।
३. उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
४. र्फोब्सको ‘मिडिल इस्ट’ विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतिय कलाकार हुन् ।
५. इन्टरपोलको ‘टर्न व्याक क्राइम’ नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।
६. उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।
७. ‘रोमान्स किंग’ को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका दुई फिल्म ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ ले बक्सअफिसमा कमाईको नयाँ रेकर्ड बनाएका थिए ।
८. एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आर्शिवाद बिना यो उचाईमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।
९. फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमाई अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।
१०. शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाई गरेका थिए ।
प्रतिक्रिया दिनुहोस