काठमाडौँ – बिकासन्मोख देशका लागि दक्षिण कोरिया उदाहरण बन्न सक्छ । उसले छोटो समयमा गरेको आर्थिक उन्नतिको अध्ययन अनुसन्धान संसारभरि हुने गरेको छ । पांच दशक अघि संसारकै गरिब राष्ट्र कोरिया यतिबेला आर्थिक र सामरिक हिसाबले विश्वको शक्ति राष्ट्रका रुपमा स्थापित भएको छ ।
शिक्षा,स्वास्थ्य,बिज्ञान प्रविधि,भौतिक संरचना निर्माण लगायतमा हासिल गरेको सफलता संसारकाका लागि नमुना साबित भएको छ । उसले यूएन, एपेक, डब्लुटीओ, ओइसीडी लगायतका शक्तिशाली विश्व संगठनहरुमा हरेक बर्ष आफ्नो पहुच बढाउदै लगेको छ ।
कोरियामा बिकासको मुहान फुटाउने काम यहाका भूतपूर्व राष्ट्रपति पार्क जङ हिले गरेका थिए । विश्व युद्द र गृह युद्धको बिभीषिकामा तड्पिएका जनतालाई उनीहरुकै पुस्तामा मल्हम पट्टि लगाई दिए । निस्वार्थ इच्छा भए एउटै पुस्तामा विकास, समृद्धि र समुन्नती कायम गर्न सकिन्छ भन्ने अद्धितीय उदाहरण संसारका नेता र जनतालाई दिए ।
पार्क सङ बीन र बेक नाम विको ७ मध्ये कान्छो सन्तानको रुपमा ख्याङबुक कुमि गाउको एउटा गरिब परिवारमा पार्कको जन्म भएको थियो । बाल्यकाल देखिने पढाइमा तेज पार्कलाई विद्यालयको शिक्षकले थेगु विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिएका थिए । उनले थेगु विश्वविद्यालयबाट मार्च २५, १९३७ मा ग्य्राजुएशन गरेर गाउाको बिद्यलयमा पढाए । त्यसपछि जापानको मन्चुरिया (हाल चीन) बाट २ बर्षे सैन्यमा तालिम लिने मौका पाए त्यहााबाट उनले १९४२ मा उत्कृष्ट श्रेणीमा ग्य्राजुएट गरेकाले अरु २ बर्षका लागि टोकियो मिलिटरी एकेडेमीमा तालिम लिने अवसर पाए । सन् १९४४ मा तालिम पुरा गरेपछि दोश्रो विश्व युद्धसम्म जापानी सेनाको कन्तोगुन इकाइमा लेफ्टिनेन्ट पदमा रहेर काम गरे । जापानमा रहादा त्यहाको सरकारले अबलम्बन गरेको विकास रणनीति पार्कले राम्ररी बुझेका थिए ।
लेखक
दोश्रो विश्व युद्धको समाप्तीसंगै पार्क कोरियाली सैन्य समाबेश भए । सन् १९५० इन्टेलिजेन्स ब्यूरोको चिफ अफिसर र १९५५ देखि आर्मीको डिभिजन कमाण्डरमा हुदै आर्मीको डेपुटी कमान्डर इन चिफसम्म भए । यो अवधिमा पार्कले देशको सबै अवस्था राम्ररी बुझिसकेका थिए । उनले सेनाभित्र पनि मिलिटरी ‘प्यूरिफिकेशन मुभमेन्ट’ अभियानमा रहेर काम गरेकाले राष्ट्र बफादारीताको पाठ सिकेका थिए । १९५० देखि ५३ सम्म उत्तरसंग भएको युद्धले देशमा बिपत्ती बाहेक अरु केहि ल्याएको थिएन । अमेरिकी निर्दे शनमा ली सुङ मान तीन पटक राष्ट्रपति भए पनि देशमा कुनै परिवर्तन भएको थिएन । अगस्ट १३, १९६० युन बो सन द्धितीय राष्ट्रपतिका रुपमा नियुक्त भए तर देशमा प्रचण्ड अराजकता कायम नै थियो । यी सबै अवस्था बुझिरहेका पार्कले १९६१ मे १६ मा केहि सैनिक अधिकारीहरुसंग मिलेर हिंसारहित सैनिक बिऽोहबाट सत्ता कव्जा गरे ।
आफूले सत्ता सम्हाले लगत्तै ‘युसिन’ विधान बनाए । यो जापानको सुधारवदी विधानसंग मेल खाने थियो । यो विधानले लामो समयसम्म शासन चलाउन मद्धत गर्यो भने उत्तर र जापानसंग कुटनीतिक नर्मलाइजेसन बनाए । उनले यसै बर्ष आर्थिक योजना बोर्ड, उद्योग तथा व्यापार मन्त्रालय र अर्थ मन्त्रालयको गठन गरे । कर छलेर भ्रष्टाचार गर्ने २४ जना उधोगी ब्यबसायीलाई पक्राउ गरेर यसै बर्ष जेल हाले । अबैध धन भएका र भ्रष्टाचार उन्मुलन गर्ने कानुन संगै ‘एन्टी कम्यूनिस्ट ल’ ल्याएर पूजिंबादी राष्ट्रलाई खुशी बनाएका थिए । ‘एन्टी कम्यूनिस्ट ल’ ल्याउनुको मुख्य कारण पूंजीबादी राष्ट्रबाट बैदेशिक सहायता र लगानी भित्र्याउनु थियो ।
सत्ता सम्हाले लगत्तै अनावश्यक संचार माध्यमहरुलाई नियन्त्रण गरे । उनले सीमित संचार मध्यम मात्र संचालन अनुमति दिए । आफ्नो देशको बिपक्षमा बिदेशी संचार माध्यमहरुलाई लेख्न पुरै रोक लगाएका थिए । उनले अन्य क्षेत्रका लागि बिदेशी लगानीकर्तालाई आव्हान गरे पनि संचारको क्षेत्रमा भने बिदेशी लगानीलाई प्रतिवन्ध गरेका थिए । आफ्नो भाषा र आफ्नै सामानको प्रयोग गर्ने राष्ट्र र राष्ट्रियता सवालमा अत्यन्त बलियो रणनीति अपनाएका थिए ।
राष्ट्र भौगोलिक रुपमा एकीकरण भएर मात्र हुदैन भावनात्मक रुपमा एकीकरण हुनुपर्छ यसका लागि देशभरका जनतामा घुलमिल हुनुपर्छ भन्ने सोच पार्कको थियो । एक क्षेत्रको जनता अर्को क्षेत्रमा निर्वाध हिड्डुल गर्यो भने गहिरो अपनत्वको भावना विकास हुन्छ र अन्तरिक राष्ट्रियता मजबुत हुन्छ भन्ने सोच्थे । यसका लागि सबै गाउा र क्षेत्रमा पुग्ने सडक आवश्यक पर्ने भएकाले तीब्र रुपमा सडक विकास गर्न चाहन्थे । त्यसैले उनले १९६१ देखि नै रेल सेवाको बिकास शुरु गरे भनेबैज्ञानिक सडक पूर्वाधारको अध्ययन गर्न विदेश भ्रमणमा निस्किए । सन् १९६४ मा पंखे जहाज चढेर जापान पुगे । त्यहांबाट जेट बिमानमा अमेरिका र जर्मनीको भ्रमण गरे । त्यहां पुगेर सडक तथा भौतिक संरचना बिकासको अवलोकन गरे । भ्रमणको क्रममा उनले सबै भन्दा तीब्र गतिमा सवारी साधन गुड्ने सडक देखाइदिन त्यहाका अधिकारीहरुलाई अनुरोध गरे । उनीहरुले अमेरिकाको एक्सप्रेस हाइवेमा प्रति घण्टा १६० किमी गतिको सडकमा लगेका थिए ।
३ देशको भ्रमण सकेर फर्केको ४ बर्षपछि पार्कले सोल–बुसान जोड्ने ख्यङबुक राजमार्ग १९६८ मा उद्घाटन गरे । ४१६ किमिको यो राजमार्ग दुईबर्षमै निर्माण पुरा गरेका थिए । उनले जर्मनीको पालिर्यामेन्ट भवनकै शैली पछयाउादै १९७५ मा यहिदोमा सांसद भवन निर्माण गरेका थिए । उनले आफ्नै पालामा हाना नदीमा तीनवटा पुल निर्माण गरे ।
समाज सुधारक कीम योङ कीले सन् १९३२ देखि काम नगर्ने भए बरु खाना नै नखाउ भन्ने नारासाथ सेमाउल उनदोङ (नया सामुदायिक अभियान) संचालन गरेका थिए । यो अभियानले ग्रामीण जनतालाई आत्मनिर्भर बनाउछ भन्ने बुझेपछि पार्कले सन् १९७० अप्रील २२ मा सरकारी मान्यता दिए । यो अभियान देशको आर्थिक तथा सामाजिक बिकासमा सार्थक बन्यो । गाउको विकासबाट मात्र देशको विकास सम्भव हुन्छ भन्ने मान्यतालाई यसले समर्थन गर्दछ । पार्कले चीर निन्ऽमा सुतेका जनतालाई गाउागाउा डुलेर उठाए । जनताको चाहना अनुसार राष्ट्रबाट सुबिधा उपलब्ध गरेका थिए । त्यसको निरीक्षण उनि आफै गर्थे । जो बिग्रिएको छ उसलाई तीन पटकसम्म सुध्रने मौका दिन्थे । तीन पटकसम्ममा पनि नसुध्रने अपराधीलाई गोलि ठोकेर मारी दिन्थे । उनलाई सम्पतिको कुनै लोभ लाल्चा थिएन । बरु गाउको बिद्यालय,पुस्तकालय ,खानेपानी,स्वास्थ्यकालागि आखा चिम्लेर लगानी गर्थे ।
पन्च बर्षीय योजना ल्याएर देशलाई निर्यातमुखी बनाउने घोषणा गरेका पार्कले पोहाङ क्षेत्रको स्टील कारखाना र साङयोङ सिमेन्ट कारखाना संचालकलाई बोलाएर कम्पनीलाई ठुलो बनाउन निर्देशन दिए । त्यसका लागि राज्य जमानी बसेर विदेशबाट ऋण उपलब्ध गराइदिएक थिए । त्यसपछि उनले मोटर लगायत अरु ठुला उद्योग संचालनका लागि जोड दिएका थिए । विश्व बैंक ,अन्तर्राष्ट्रिय मुऽाकोष, एडीबीको सहयोगमा इन्डष्ट्रियल कम्प्लेक्सहरु निर्माणमा जोड दिए । यसको मुख्य उद्धेश्य रोजगारी सर्जिना गर्नु र देशको आयश्रोत बढाउनु रहेको थियो । औद्योगीक बिकास तीब्र गतिमा हुदै गएपछि १९६४ मा नै आफ्नो देशको समान विदेश निर्यात शुरु गर्यो । यो बर्ष कोरियाले १ सय मिलियन डलरको सामान निर्यात गर्यो भने १९७७ सम्ममा हजार गुना बढी निर्यात बढाएका थिए ।
सन् १९६८ मा पहिलो पटक अन्र्तराष्ट्रिय ट्रेड फेयर आयोजना गरेर विश्वलाई व्यवसायिक परिचय विश्वलाई दिएका थिए । राष्ट्रपति पार्कले सत्ता कब्जा गर्दा नेपालको प्रतिब्यक्ति आय ५४ डलर थियो भने कोरियाको ७२ डलर थियो । उनको शासनको अन्त्यसम्ममा कोरियाली जनताको प्रतिब्यक्ति आय १७ सय ६८ डलर पुगेको थियो तर नेपालको १ सय डलर ३६ डलरमै सीमित रहन पुग्यो । पार्कको शासनकालमा प्रतिब्यक्ति आय औसत ८ प्रतिशतका दरले बृद्धि भएको थियो ।
पार्कले बिज्ञान तथा प्रविधि विकासमा पनि उतिकै जोड दिएका थिए । राष्ट्रपति भएको तीन महिनामा नै अटोमीक इनर्जी रिसर्च इन्स्टिच्युट स्थापना गरे । अर्को बर्ष टेक्निकल प्रमोसनको पाच बर्षे प्लानिङ गरेका थिए । हाल २३ वाट आणविक भट्टी रहेका छन् । यसैबाट बिद्युत उत्पादन हुादै आएको छ । शिक्षाले नै बिकासको मुहान फुटाउन्छ भन्ने बुझेका उनले १९६२ मा नै देशब्यापी रुपमा अनिबार्य शिक्षा लागु गरेका थिए साथै उनले सबै तहमा राज्य संचालन गर्ने (सेल्फ गभर्नीङ सिस्टम) शिक्षा दिएका थिए । जसले गर्दा गाउ र शहरको शिक्षामा भिन्नता हुन पाएन । हालसम्म पनि यहाा शिक्षामा एकद्धार प्रणाली रहेको छ । उनले शिक्षालाई सन १९६९ मा नै अमेरिकी प्रणालीमा रुपान्तरण गर्नुका साथै नीजिकरण गर्नबाट रोक लगाएर सरकारी शिक्षालाई स्तरीय बनाउने काम गरे । सन् १९७३ मा देशभर ९१ वटा प्राबिधिक बिद्यालयहरु स्थापना गरिदिए । अझै पनि कोरियामा ‘फ्m्री इकोनोमिक जोन’ मा बाहेक अन्य ठाउमा शिक्षामा निजीकरण छैन । जुनसुकै स्थानको शिक्षामा पनि समान गुणस्तर रहेको छ तर विश्वविद्यालयमा चाही विविधता पाइन्छ ।
उनले व्यवसायिक तालिम केन्ऽमा पनि जोड दिएका थिए । १९७७ सम्ममा देशभरि ५ हजारभन्दा बढी पुस्तकालय स्थापना गरेका थिए । १९७९ मा सबै सरकारी कार्यलयमा आईटी प्रविधि लागु गर्ने योजना बनाएका थिए । त्यतिखेर सन्तान नपढाउने अभिभावकलाई कडा सजायको व्यवस्था भएकाले एकातिर देशमा साक्षरता प्रतिशत उकालो लाग्यो भने अर्को तिर बालश्रम शुन्य हुन पुग्यो । उनले १९७१ मा भूमीको बैज्ञानिक बिभाजन गरेर बृक्ष रोपण दिवश लागु गरे । यस अनुसार एक ब्यक्ति एक विरुवा रोप्न उर्दी गरे भने शहर सडकमा अनिवार्य ग्रीनबेल्टको मापदण्ड निर्धारण गरेका थिए । त्यसैको परिणामस्वरुप आज पनि कोरियामा ६९ प्रतिशत वनजंगल रहेको छ । कृषि, पशु पालन बिज्ञान प्रबिधि क्षेत्रका प्रतिभाशाली व्यक्तिहरुलाई उनले खोजिखोजि अवसर दिएका थिए । बिदेशमा ज्ञानसीप आर्जन गरेकालाई स्वदेश फर्कन अह्वान गरेका थिए ।
१८ बर्ष एकछत्र शासन गरेर कोरियाको राष्ट्रपिता बनेका पार्कको स्ट्रङ लिडरसीपको प्रशंसा अन्र्तराष्ट्रिय जगतमा नै हुने गरेको छ । उनलाई १९९९ मा टाइम पत्रिकाले ‘एशियन्स अफ द सेन्च्युरी’मा सूचिबद्ध गरेको थियो । उनको शासनकालदेखि १९९६ को आर्थिक बिकासलाई ‘मिराकल अफ हान’ रिभर भनेर चिनिने गरिन्छ । पार्कले कोरियालाई संसारकै आर्थिक समृद्ध मुलुक बनाउने सपना बुनेका थिए तर त्यो सपना कोरिया सेन्ट्रल इन्टेलीजेन्स एजेन्सी (केसीआइए) का निर्देशक कीम जे ग्यूले पूरा गर्न दिएनन् । किमले १९७९ अक्टोबर २६ मा पार्कको हत्या गरिदिए र एउटा बिकासप्रेमी राष्ट्र नायक र ‘मिराकल अफ हान’ का पिताको अन्त्य भयो ।
कोरियामा पार्क र नेपालमा राजा महेन्ऽले शाशनको बागडोर संगसंगै जस्तो सम्हालेका थिए । । महेन्ऽले तात्कालीन परराष्ट्र मन्त्री शैलेन्ऽकुमार उपाध्यायलाई कोरियाको विकास मोडेल अध्ययन गर्न पठाएका थिए । उपाध्यायसंगको भेटमा पार्कले नेपालमा सेमाउल उनदोङ (नया सामुदायिक अभियान) लागु गर्न सुझाव दिएका थिए त्यसैको प्रभाव स्वरुप महेन्ऽले राष्ट्रिय गाउा फरक अभियान नीति ल्याएको थिए तर त्यो नीति चीर निन्ऽामा सुतेका नेपाली जनतालाई ब्यूझाउनु भन्दा पन्च कार्यकर्ता पोस्ने काम मात्र भयो । सुतेका जनता ब्यूाझाउनु र ब्यूझनु पर्छ भन्ने पाठ पार्क र कोरियाली जनताले संसारलाई सिकाएका छन् । यो पाठ नेपालका अनिदो शासक र सुतिरहेको बहाना गर्ने नेपाली जनताले अझै सिक्नु जरुरि छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस