धरानका एकजना कांग्रेसी सञ्जय वास्तोला भाइले भने, राप्रपा र अक्टोपसमा फरक छैन । म जीव विज्ञानको विद्यार्थी नभएकोले त्यसबखत केही भन्न सकिन । तर जब मैले अक्टोपस बारे सामान्य जानकारी लिएँ मलाइ ती भाइको कुरा सारै घत लाग्यो । मैले सामान्य जानकारी लिँदा पनि अक्टोपस र राप्रपामा धेरै समानता पाएँ ।
अक्टोपसको अर्थ
अक्टोपस शङ्खे किराको वर्ग मोलस्का वर्णमा पर्ने एक प्रकारको जलचर जीव रहेछ । शङख किरा अथवा गँड्याल एक प्रकारको ढाड नभएको जीव हो । मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्रायः सबै जीवलाई साझारुपमा शङ्खे किरा नामले चिनिन्छ । वयस्क अवस्थामा यीनीहरुको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्छ ।
हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको रहेछ । जीव वैज्ञानिकहरुले अहिलेसम्म तीन सय प्रजातिको अक्टोपस पत्ता लगाएका रहेछन् । जसमध्ये एउटा प्रजाति अत्यन्त खतरनाक रहेछ, जसले मानिसलाई आक्रमण गर्दो रहेछ । अक्टोपसको आयु बढीमा चार वर्ष हुने रहेछ । विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो जसको तौल १५ किलो र खुट्टाको लम्बाई चार मिटरभन्दा बढी हुन्छ । अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न नौ वटा दिमाग रहेको हुन्छ । सबै अक्टोपस मांसाहारी हुन्छन् भने यी जीवहरुले आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्छन् ।
समानता
अक्टोपसको परिचय खुल्दामात्र पनि राप्रपा र अक्टोपसका लीलामा धेरै समानता पाइन्छ । आफुभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्ने अक्टोपसको जिवनलिला सम्झदा राप्रपाले विगतमा कांग्रेस एमालेलाई खेलाएको प्रसंग तरोताजा हुन्छ । बहुदलीय व्यवस्थाको दीव्य बाह्र वर्षमामा मात्र हैन गणतान्त्रिक युगमा पनि राप्रपाले ठूला दलहरुलाइ घुमाइ घुमाइ शिकार गरेको थियो । आजपनि राप्रपा त्यही भूमिकामा छ । आजको परिपर्तनलाई अक्टोपसले मानिसलाई आक्रमण गरे झैं हरदिन गरिरहेको छ । राप्रपाको यो मांसाहारी आक्रमणमा परेर लोकतन्त्रको हुर्मत जाने क्रम छ । हिन्दू धर्म सापेक्ष र राजतन्त्र पुनस्थापनाको ढिँडौरा पिटेर संघीय लोकतान्त्रिक गणतन्त्रको शिकार गर्न उद्धत छ । गत ०७४ कै निर्वाचनमा एमाले गठबन्धनले झापामा राप्रपालाइ वैतर्णी पार नलाएको भए राप्रपाको दुवो पनि संसदमा हुने थिएन ।
ढाड नभएको जीव
सन् १९७० मा गरिएको एक जीव वैज्ञानिक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो । केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन् । वैज्ञानिकहरुका अनुसार अक्टोपसको स्नायु प्रणाली निकै जटिल हुन्छ । ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ । जीव वैज्ञानिकहरुका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ । अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ ।
लेखक
अक्टोपसको यो दोस्रो परिभाषाले त ठ्याक्कै राप्रपालाई अक्टोपस प्रवृत्तिको जुम्ल्याहा अनुभूत गराउँछ । षडयन्त्र गर्न सक्ने मस्तिष्क क्षमता नेपाली राजनीतिमा कसैसंग छ भने त्यो राप्रपा नै हो । मरिसकेको राजतन्त्रको गढे मुर्दे उखाडेर नेपाली राजनीतिलाई अल्मल्याउन सकिरहेकै छ । मूलधारका राजनैतिक दलका विचारगत कमजोरीलाइ भजाएर राप्रपाले हजार भ्रम दिइ रहेको छ । हिन्दु धर्म सापेक्षताको मनोवैज्ञानिक मोलतोल गरेर ‘मुँगेरीलालको हसिन सपना’ देखाउन भ्याएकै छ ।
सूचना प्रविधिको द्रुत विकास भएको यो समयमा त राप्रपाको मलामी जान उद्धत समुदाय देखिन्छन भने हिजोको परिकल्पना त गर्नै सकिन्न । आजको शताब्दीमा पनि राप्रपाको गढे मुर्दे विचारसंग सति जानुलाई यहाँ बिडम्बना नै मान्नु पर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस