वि.सं. १९२० मा सरकारी स्तरबाट ईलाम जिल्लाको ईलाम चिया कमानमा चिनियाँ जातको चिया रोपण गरेर नेपालमा चिया खेतीको सुरुवात भएको भए तापनि झापा महेशपुर रंगियाडाँडा क्षेत्रका भूमिपति स्व. सुन्दरलाल सिंह राजबंशीले आफ्नो ३५१ बिघा जमिनमा वि.सं. २०१६ सालमा बुद्धकरण एण्ड सन्स टी कम्पनि (प्रा.) लि. स्थापना गरेदेखि मात्रै निजिस्तरमा चिया खेती सुरु भएको मानिन्छ ।
उनको निधनपछि उनका छोरा श्यामानान्द सिंह राजबंशीबाट लामो समयसम्म सञ्चालन गर्दै हाल उक्त कम्पनी स्व. सुन्दरलाल सिंह राजबंशीको तेश्रो पुस्ताका नाती राजेन्द्रकुमार सिंहबाट सञ्चालन हुँदै आएको छ।
स्व. सुन्दरलाल सिंह राजबंशीले बि.स. २०१६ सालमा चिया रोपण गर्न सुरु गरे पनि कम्पनी लिमिटेड ऐन २००७ अनुसार विधिवतरुपमा वि.सं. २०२१ साल कार्तिक २४ मा रजिष्टर भएको बुधकरण एण्ड सन्स टी कम्पनी (प्रा.) लि. नेपाली चिया उद्योगको निजीस्तरको पहिलो ऐतिहासिक चिया उद्योग हो।
लेखक
२८ जना कर्मचारीहरू र १२६ जना स्थायी श्रमिकहरू काम गर्ने उक्त पुरानो टि कम्पनीले आफ्नै चिया प्रशोधन कारखाना पनि सञ्चालनमा ल्याएको छ । १०० जना भन्दा बढी श्रमिकलाई सिजनल रूपमा रोजगारी प्रदान गर्ने बुधकरणले हाल ५ लाख केजी तयारी चिया उत्पादन गरिरहेको छ ।
बुधकरणको तेश्रो पुस्ता राजेन्द्रकुमार सिंहले हाल चिया बगान र प्रशोधन कारखाना सञ्चालन गरिरहेका छन्।
राजेन्द्रकुमार सिंह
बुधकरण स्थापना भएदेखि हालसम्म सयौँ टि स्टेट र चिया प्रशोधन कारखानाहरू निजिस्तरमा व्यवसायिक रूपमा स्थापना भइ राष्ट्रिय आम्दानीमा चिया क्षेत्रबाट वार्षिक अरबौँको योगदान गर्दै हजारौँलाई रोजगारी समेत प्रदान गर्ने चिया व्यवसायलाई आवश्यक पर्ने आधुनिक प्रविधि, मलखाद, विषाधी, यान्त्रिक औजार, सहुलियत ॠण सुविधा र अक्सन बजारमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको चिया बजारिकरणमा राज्यको तर्फबाट उचित सुविधा प्रदान गर्न सकेमा नेपालको दिगो विकासमा नेपाली चियाले ठुलो टेवा पुर्याउने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस