महिला,दलित र जनजातीको नारा दिएर १० बर्षे जनयुध्दमा तिनैका काँधमा बन्दुक बोकाएर क्रान्तिमा होमिएको शक्ति हो माओबादी पार्टी ! तिनीहरुले नै रगतसँग साटेर ल्याएको गणतन्त्रमा अहिले सत्ताको निर्णायक स्थानमा छ र त्यसैको जगमा उभिएर केन्द्रीय सरकारको नेतृत्व र उसैको समर्थन र सहभागितामा सातैवटा प्रदेश सरकारमा समेत रहेको छ । तर केन्द्र देखि प्रदेशसम्मका अहिलेसम्मका महत्वपूर्ण पदमा महिला,दलित र सिमान्तकृत जनजातीको सहभागिता आशा लाग्दो ढंगले गराउन सकेको छैन । गठबन्धनको कारणले पनि केही समस्या देखिएका हुन सक्छन तर सम्भव भएका ठाउँमा पुर्याउने सोच नीति छ कि छैन त्यसमा अलि समय पर्खेर हेर्नू र अहिल्यै देखि बिकल्प अैाल्याउन भने आवश्यक छ ।
पाँच बर्षे कार्यकालसम्ममा प्रदेशको नामाकरणसम्म गर्न नसकेको बेनामी प्रदेश १ मा धेरै समय करिव ३ बर्ष सँगै रहेकै शक्तिहरुका बीचमा गठवन्धनको सरकार बनेको र खासगरी प्रदेशको बिकास निर्माणको आधार बनाएका तत्कालिन अर्थ मन्त्री सरकारबाट बाहिर रहनुले जनतामा आशा भन्दा बढी निरासाको अबस्था रहेको छ । केन्द्रीय नेतृत्वमा देखिएको अनुदारबादी चरित्र र जुँगाको लडाईले यो निराशाको अबस्था सिर्जना भएको छ ! आलोपालोको सहमति भएको भनी माओबादी सरकारमा सामेल भएको भनी प्रचार गरिएतापनि कुनै आधिकारिक प्रमाण देखाउन सक्ने अवस्था छैन र पाईएको पनि छैन । उपत्यकामा रहेको एमाले बृत्त यसलाई माओबादीको लाज छोप्ने टालो मात्र भएको खुल्ला बताउँदै आएको छ । केन्द्रीय सत्ता गठबन्धनमा देखिएको खटपटका बीच प्रदेश गठबन्धनको आयु पनि अनिश्चित बन्दै गएको अवस्था एकातिर बिद्यमान रहेको छ भने यही गठबन्धन रहे नरहेपनि माओबादी पार्टीले आफ्नो तर्फबाट आफूले बिगतमा उठाएका कुरालाई कत्तिको पालन गरेर जान्छ भन्ने सवाल अर्कोतिर रहेको छ । नौं सदस्यिय प्रदेश सरकारमा हालसम्म पार्टीले प्रतिनिधित्व गराएकाहरु हेर्दा आफ्नो नाराको पूर्णतया वेवास्ता गरिएको छ ।
अहिलेसम्मका कार्यकारी पदमा महिलाको कुरै छोडौ आदिवासि जनजातीको समेत सहभागिता शून्य छ ! मन्त्रालय भागबण्डा चित्त बुझ्दो नभएको भनी अझै प्रदेश सरकारले पूर्णता पाउन नसकेको अवस्थामा अब माओबादी यो समावेशिताको सन्तुलन कसरी मिलाउँछ प्रतीक्षा कै बिषय छ । यी बाहेक संसदीय समितिका सभापति र नेतृत्वमा महिला र दलित आदिबासि सबैको सन्तुलन मिलाउने गरी सदस्यहरुलाई पठाउँछ कि पठाउँदैन त्यो पनि सूक्ष्म ढंगले हेरिदैछ ।
प्रत्यक्ष तर्फ ९ सिट जितेको माओबादीले प्रत्यक्षमा १ सिट पनि महिला जिताउन नसकेको कारण समानुपातिक कोटाबाट निर्वाचित सबै ४ जना महिला रहेका छन् । त्यसमा पनि दलित कोटाबाट सुनसरी सपना हिङमाङ सन्ध्या र सिमान्तकृत आदिबासि जनजातीबाट निर्वाचित झापाकी बन्दना झागड (आशिका) रहेका छन । हिङमाङ नेकपा(माओबादी केन्द्र) कि बैकल्पिक सदस्य हुन भने झाँगड अनेमसंघ (क्रान्तिकारी) झापा जिल्लाकी अध्यक्ष ! पार्टीले जस्तोसुकै जिम्मेवारी दिएतापनि ईमान्दारितापूर्वक पूरा गर्न सक्षम रहेको दाबी गर्ने यी दुबै महिला नेतृ माननीयहरु पार्टीले सोच्ने कुरामा भने आशाबादी देखिन्छन र भन्छन-आफैले उठाएका एजेण्डा कसरी स्थापित गर्ने हो त्यो त पार्टी नेतृत्वले जान्ने बिषय हो ।
यद्यपि संघ देखि प्रदेश र पालिकासम्मका सबै पार्टीका महिला जनप्रतिनिधीहरु महिलालाई संबैधानिक कोटा पुर्याउन मात्र बाध्य भएर अघि सार्ने गरेको गुनासो गर्छन् । अब १ प्रदेशको पार्टी नेतृत्वले कतिको बिवेक पुर्याउछ हेर्न बाँकी नै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस