काठमाण्डौ-सर्बियन टेनिस स्टार नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
मेलबर्नमा भएको सेमिफाइनलमा स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन्। जोकोभिकले अब पाँचौं वरियताका डोमिनिक थिम र जर्मनीका एलेक्जेन्डर जेभरेभको सेमिफाइनलको बिजेतासँग उपाधि लागि खेल्नेछन्।
दोस्रो वरियता जोकोभिकले तेस्रो वरियताका फेडेररलाई ७-६(७-१), ६-४ र ६-३ को सेटमा पराजित गरेका हुन्। यससँगै जोकोभिक आठौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुग्न सफल भएका छन्।
साबिक बिजेता विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन्। क्वाटरफाइनलमा डोमिनिक थिमसँग पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन्।
महिलातर्फ
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ स्पेनिस गार्बिन मुगुरुजा र अमेरिकी खेलाडी सोफिया केनिन बीच हुनेछ।
मेलबर्नमा भएको सेमिफाइनलमा सिमोना हालेपलाई पराजित गर्दै मुगुरुजा फाइनलमा पुगेकी हुन्।
फाइनल पुग्ने क्रममा बिना वरियताकी मुगुरुजाले चौंथो वरियताकी सिमोना हालेपलाई ७-६ (१०-८) र ७-५ को सेटमा पराजित गरेकि थिईन।
मेलबर्नमा भएको अर्को सेमिफाइनलमा १४ औं वरियताकी अमेरिकी खेलाडी सोफिया केनिनले अष्ट्रेलियन बार्टीलाई ७-६ (८-६) र ७-५ को सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस