काठमाडौं-सन् २०१९को अन्त्य तिर विश्वभरमा नै आतङ्क मच्चाएको कोरोना भाइरसका कारण हालसम्म हजारौँले ज्यान गुमाइसकेका छन् भने संक्रमितहरुको संख्या एक लाख भन्दा बढी छ । यता सोहि संक्रमणको आशंकामा करोडौँ मानिसहरु क्वार्न्टाइनमा राखिएका छन् ।
विश्वभरबाट सो संक्रमणलाई निश्तेज बनाउन अनेकौँ प्रयासहरु भइरहेका छन् । जति सुकै प्रयासहरु गरिए तापनि सो संक्रमण विरुद्धको लडाईले खासै नयाँ मोड लिन सकिरहेको छैन ।
मानिसहरु मानसिक रुपमा सो रोगबाट बढी नै प्रताडित रहेका छन् । हाल उनीहरुको एउटै उद्देश्य भनेको कोरोना संक्रमणबाट बच्नु । यसका लागि उनीहरु जस्तो सुकै प्रयत्न गर्न पनि पछि हटेका छैनन् । यति हुँदा हुँदै पनि विज्ञानले सोचे जति नतिजा नदिदा आम जनता निराश भइरहेका छन् ।
मानिसहरु साबुन पानीले हात धुने, अन्य प्रयत्नहरु गरेर आफ्नो शरिरलाई स्वस्थ राख्न कुनै कसुर बाँकी राखेका छैनन् । आफ्नो व्यक्तिगत स्वास्थ्य राम्रो स्थितिमा राख्ने, अरुसँग दुरी कायम राख्ने लगायतका कोरोनासँग बच्ने उपायहरु स्वास्थ्य क्षेत्रका विज्ञहरुले दिइरहेका छन् । यति हुँदाहुदै पनि मानिसहरु आफूलाइ सुरक्षित राख्ने अन्य उपाय खोजिरहेका छन् । त्यहि उपायहरु मध्येको एक हो मास्क को प्रयोग ।
कोरोना संक्रमण व्यापक हुन थाले पश्चात हाल हरेक मानिसहरुले मास्क लगाएको पाइन्छ । जसले मास्क लगाएका छैनन्, उनीहरु पनि व्यग्रता पुर्वक मास्कको खोजिमा रहेको पाइएको छ ।
तर तथ्य भने अर्कै छ । स्वास्थ्य क्षेत्रका विज्ञ र विशेष गरि सरुवा रोग विशेषज्ञहरुका अनुसार यदि तपाइ स्वस्थ हुनुहुन्छ भने तपाईलाइ मास्क को जरुरत पर्दैन । रह्यो कुरा फेस मास्कको । फेस मास्क अथवा सर्जिकल मास्कको प्रयोगमा यसलाई एडजस्ट गरिरहनु पर्दछ । यदि संक्रमित मानिससँग तपाईले हात मिलाउनु भएको छ भने आफ्नो फेस मास्क मिलाउदा त्यहाँबाट पनि सो रोगको संक्रमण तपाईसम्म फैलिन सक्दछ । यसरि हेर्ने हो भने मास्कको प्रयोग कोरोना रोकथामका लागि त्यति प्रभावकारी देखिदैन ।
संक्रमण रोग विशेषज्ञ डा. एली पेरेन्सभिचका अनुसार स्वस्थ मानिसले मास्कको प्रयोग गर्नुपर्दैन र मास्कले रोग रोक्न सक्दैन । मास्क लगाउनेलाई पनि संक्रमण भएका प्रसस्त घटना आफूसँग रहेको पनि उनले बताए ।
विश्व स्वास्थ्य संगठनले पनि हालको विसम परिस्थितिमा कोरोना संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकहरुको स्वास्थ्य प्रमुख रहेको र उनिहरुको स्वास्थ्य राम्रो हुनु हालको प्रमुख चुनौति रहेको बताउदै साबुन पानीले नियमित हात धुने तथा सेनिटाईजरको नियमित प्रयोग कोरोना सँग बच्ने उत्तम विकल्प रहेको बताएको छ ।
यदि हामिले आधिकारिक स्वास्थ्य विशेशज्ञका विषयहरुमा बहस गर्ने हो भने मास्क कोरोना संक्रमणबाट बचाउने साधन नभई यो सामान्य रुघा खोकी अन्यहरुमा नसरोस् भनेर अपनाइने साधारण उपाय मात्र हो । व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनु, साथि भाइ सँग दुरी कायम गर्नु रोगबाट बच्ने उत्तम उपाय हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस