काठमाण्डौ-युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता २०१९/२० को सिजनमा अन्तिम-१६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्। पहिलो खेलमा डिफेन्डिङ् च्याम्पियन इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड बीच हुँदैछ। त्यस्तै अर्को खेलमा फ्रेन्च क्लब पिएसजी बिरुद्ध जर्मन क्लब बोरुसिया डर्टमुन्डबीच हुदैछ।
लिभरपुल बिरुद्ध एथ्लेटिको म्याड्रिड
आज हुने पहिलो खेलमा एथ्लेटिको म्याड्रिड र लिभरपुलको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ।
यसअघि एथ्लेटिकोको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा लिभरपुल १-० ले पराजित भएको थियो। यदि आज लिभरपुलको घरमा कम्तीमा ०-० को अवस्थामा लिभरपुललाई रोक्न सके लिभरपुल बाहिरिनेछ र एथ्लेटिको क्वाटरफाईनलमा प्रवेश गर्नेछ।
लिभरपुललाई अर्को चरण जान आज आफ्नो घरेलु मैदानमा स्पष्ट जितको आवश्यकता छ। यदि आज लिभरपुलले आफ्नो घरमा गोल गर्न सकेको खण्डमा एथ्लेटिकोले पनि गोल गरेर खेल समग्रमा बराबरी बनाउन सकेको खण्डमा त्यो पनि लिभरपुल आउट हुन काफी हुनेछ। त्यसबेला एथ्लेटिकोलाई अवे गोलले साथ दिनेछ।
गत सिजन लिभरपुल सेमिफाइनलको पहिलो लेगमा स्पेनकै क्लब बार्सिलोनासँग क्याम्प नोउमा ३-० ले पराजित भएको थियो। लिभरपुलले त्यसपछि बार्सिलोनालाई दोस्रो लेगमा नाटकीय रूपमा ४-० गोल गर्दै समग्रमा ४-३ ले पराजित गर्दै फाइनल पुगेको थियो।
पिएसजी बिरुद्ध बोरुसिया डर्टमुन्ड
यस सिजनको प्रमुख उपाधि दाबेदार टिम फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब बोरुसिया डर्टमुन्डको रोमाञ्चक खेल हुँदैछ।
क्वाटर फाईनलमा प्रवेश गर्न निर्णायक मानिएको खेल पिएसजीको घरेलु रंगशाला पार्क डे प्रिन्सेसमा हुदैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ। पीएसजी र डर्टमन्डबीचको खेल बन्द रंगशालामा हुने भएको छ।
यसअघि भएको पहिलो लेगको खेलमा डर्टमुन्डको घरेलु मैदानमा पिएसजीलाइ २-१ ले पराजित गरेको थियो। पिएसजीलाइ क्वाटर फाईनलमा प्रवेश गर्न कम्तीमा पनि १-० को जित आवश्यक पर्छ। यति भए खेल समग्रमा २-२ को बराबरी हुने भए पनि अवे गोलका आधारमा पिएसजी अर्को चरण जानेछ भने डर्टमुन्ड प्रतियोगिताबाट बाहिरिनेछ।
पिएसजी गत सिजन अन्तिम-१६ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएर बाहिरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस