काठमाडौं- नेपाल पुलिस क्लब १८औं रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३-० ले स्तब्ध पार्दै फाइनल यात्रा निश्चित गरेको हो ।
सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिसका भरत शाहले खेलको ८औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । आक्रामक शैलीमा खेलेको क्लबले ५१ औं मिनेटमा नीरकुमार राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको ७१ औं मिनेटमा राईले पुन: दोश्रो गोल गर्दै खेललाई ३-० को अग्रता दिलाए ।
खेलको दोश्रो हाल्फमा केही सुधारसहित मैदान प्रवेश गरे पनि थ्रीस्टारले कुनै गोल फर्काउन सकेन । खेल अवधिभर थ्रीस्टारले पाएका सुन्दर मौकालाई समेत चुम्न नसक्दा थ्रीस्टार क्लबको फाइनल यात्रा रोकिएको हो । १६औं आहा रारा गोल्डकप फाइनल खेलमा नेपाल पुलिस क्लबसँग थ्रीस्टार १-० ले पराजित भएको थियो ।
अघिल्लो संस्करणमा थ्रीस्टारले ट्राइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ५-४ ले पराजित गर्दै उपाधि चुमेको थियो । नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब दुवैले आहा रारा गोल्डकप उपाधि ५ /५ पटक जितेका छन् ।
बिहीबार दोश्रो सेमिफाइनल खेल अन्तर्गत फाइनल यात्राका लागि साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दीबीच हुनेछ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस