'उत्पादनमुलक, कृषिमुलक, पर्यटन तथा जडिबुटिसँग सम्बन्धित नयाँ उधोग खोल्न चाहनेलाई राज्यले निशुल्क उधोग दर्ता, उधोग निर्माण गर्न चाहिने मेशिन तथा उपकरणमा सके अनुदान दिने नसके कम्तिमा भंसार छुट दिनुपर्दछ |'
अहिले बिश्व नै कोरोना भाईरसको संक्रमणबाट आक्रान्त भई रहेको छ । त्यसबाट आजसम्म लगभग एक लाख ८५ हजार
बढीको ज्यान गइ सकेको छ र २६ लाख ३७ हजार भन्दा बढी संक्रमित भएका छन । भाईरसलाई रोक्न पुरै बिश्वलाई लकडाउन गरिएको छ । जो, जुन देश, जुन ठाउँमा छ त्यहाँ उसलाई भाईरसको संक्रमण भईहाले त्यहि देश, ठाउँमा उपचार पाउने ब्यबस्था मिलाईएको छ । अहिले संसारका सबै मान्छेको एउटै उद्धेश्य मानव जगतको रक्षा गर्ने रहेको छ । यो महामारीसँगको लडाई बिश्व युद्ध भन्दा पनि खतरनाक छ । बिश्व युद्धमा दुई पक्षका बिच मिलापत्र गराउन सकिन्छ । आम नागरिकको ज्यान जोगाउन दुवै पक्षले अवलम्बन गर्नुपर्ने युद्धका नियमहरु बनाईएको हुन्छ । तर महामारीमा त्यस्तो कुनै नियमले काम गर्दैन ।
यस अघि पनि बिभिन्न काल खण्डमा मानव जातीले बिभिन्न किसिमको महामारीमा कहालि लाग्दो मानव क्षति भोग्दै आएको थियो । १४औं शताब्दिमा देखा परेको ब्ल्याक प्लेग नामको महामारीमा झण्डै बढिमा २० करोड र सन् १९१८ को स्पेनिस फ्लु नामक महामारीमा झण्डै ५ देखि १० करोड मानव क्षति भएको अनुमान छ । ति बाहेक पनि मानवले अरु डर लाग्दा महामारी, दैवि प्रकोपहरु भोग्नु परेको थियो । अहिले बिज्ञानमा मानवले जुन सफलता प्राप्त गरिरहेको छ त्यो पछिल्लो अबधिमा नै प्राप्त गरेको हो । यस्ते बैज्ञानिक शिप, ज्ञान, अनुभव र त्यसबाट बिकसित प्रबिधि सहितको मान्छेलाई कोभिड १९ नामक महामारीसँग जुझ्न गाह्रो परिरहेको छ भने यस भन्दा पहिलाका महामारीहरु कति दर्दनाक, कहाली लाग्दो भएर गए होलान ? नजर अन्दाज गर्न सकिन्छ । त्यस महामारी पछि युरोपका जमिन्दारहरुले जमिनमा मजदुरी गर्ने मजदुरहरु पाउन सकेनन् जसको कारण उनिहरुले जमिनमा उब्जनी गर र हामीलाई पनि देउ भन्ने अबस्था आयो । त्यसरी जमिनमा काम गर्ने कामदार नै नपाए पछि उनि (जमिन्दार) हरुले आफ्नो ब्यबसाय परिवर्तन गरेर उधोगधन्दा, बन्द ब्यापार तिर लागे र पुँजीबादको उदयमा त्यस महामारीको पनि भुमिका रहेको पाउँन सकिन्छ ।
त्यो बेला र अहिलेका मान्छेको जिवनस्तरमा धेरै फरक छ । अहिलेका मान्छेलाई बिज्ञानमा धेरै सफलताहरु मिलि रहेको छ । बिभिन्न कालखण्डका महामारी, रोग, ब्याधहरुको तितो अनुभवबाट शिक्षा लिदै त्यससँग जुझ्न मान्छेले अध्ययन अनुसन्धानलाई ब्यबस्थित बनायो र बिभिन्न रोगका बिभिन्न खोप, औषधिहरु पनि बनिए । त्यो क्रम जारी नै छ । त्यसले अब उमेर नपुगी मान्छे मर्नु पर्दैन भन्ने देखाउदै छ । तैपनि, अहिले प्रकट भएको यो कोभिड १९ नामक कोरोना भाईरसलाई ति खोप, औषधिले निष्कृय पार्न नसक्दा चिकित्सक तथा त्यससँग सम्बन्धित बिज्ञहरुलाई चुनौति थपि दिएको छ । तर अहिले भई रहेका औषधि तथा प्रबिधिहरु कोभिड १९ भाईरसको क्षतिलाई न्युकरण गर्न अबस्य सहयोगि बनेन भन्ने हाईन, नत्र मावन क्षति यो भन्दा अरु भयावह हुन सक्दथ्यो । सम्बन्धित बिज्ञहरुले कोरोना भाईरसको खोप र औषधि पनि छिट्टै बन्ने जानकारी दिई सकेका छन, त्यसले सबैलाई उत्साही बनाएको छ ।
कोभिड १९ ब्यतिm ब्यतिm बिचको सम्पर्कबाट फैलिने रोग हो । बिरामीबाट टाढा बसे, उसँग सम्पर्कमा नगए सर्दैन । तर, अहिले बिश्व नै एउटा सानो गाउँको रुपमा रहेको छ । आज यहाँ भएको मान्छे भोली पृथ्वीको अर्को कुनामा पुगिसक्छ । मान्छेको दैनिक काम काज, ब्यबहार पनि हजारौ मान्छेहरुको सम्पर्क र सम्बन्धमा हुने गर्दछ । त्यो बाहेकको मानव जिवन र ब्यबहार कल्पाना पनि गर्न सकिदैन । त्यसकारण सावधानी अप्नाउदा अप्नाउदै पनि मान्छेहरुको आवत जावत, सम्पर्क, सम्बन्धसँगै यो रोग संसारभर फैलिन सकेको हो । नेपालमा पनि यस रोगबाट संक्रमित केही बिरामी भेटिकाछन उनिहरु प्राय बिदेशबाट नै आएका छन । त्यही कारण मान्छे मान्छे विचको सम्पर्क, सम्बन्धलाई यो रोग सक्रिय भईन्जेल बिच्छेद गर्न संसारभर लकडाउन गरिएको छ । जहाँ जहाँ लकडाउन खुकुल बनाईएको छ त्यहाँ त्यहाँ मानव क्षति बढि भएको पाईएको छ । त्यसकारण लकडाउनलाई ब्यबस्थित गरी मान्छेको दुरीलाई टाढा बनाउने कामलाई प्रभावकारी बनाउनु नै अहिले हितकर छ ।
बर्तमान अबस्थामा विश्वका केहि देश अति बिकसित छन, केहि बिकसित छन, केहि अल्प बिकसित छन भने केहि देश अति कम बिकसित छन । अति कम बिकसित र अल्प बिकसित देशहरुमा रोजगारीको अवसरहरु न्युन छन । त्यहाँका मान्छेहरु अति बिकसित तथा बिकसित देशहरुमा रोजगारीको अवसर खोज्दै पुग्ने गरेका छन । कतिपय बुद्धिजिवी पनि राम्रो अवसर खोज्दै त्यहाँ पुगेका छन । शुरुमा कलेज पढ्ने र पछि त्यहि रोजगारी गर्ने ध्येयले पनि थुप्रै विद्यार्थीहरु त्यहाँ पुगेका छन । अति कम बिकसित र अल्प बिकसित देशहरु मै बस्ने त्यहाँका नागरिकको भन्दा त्यहाँबाट अति बिकसित तथा बिकसित देशहरुमा रोजगारी गर्न पुग्ने नागरिकहरुको जिवनस्तर उच्च देखिने गरेको छ । त्यसकारण ति अति बिकसित तथा बिकसित देशहरुमा पुग्नेहरु उतै रमाई रहेका छन । अति बिकसित तथा बिकसित देशहरुका उधोगी, ब्यापारीहरु पनि अति कम बिकसित र अल्प बिकसित देशहरुमा भएको सस्तो श्रमिकको फाईदा लिन, आफ्नो सामान बेच्न र त्यहाँ भएका श्रोतहरुमा लगानी गरी नाफा कमाउन त्यहाँ पुग्ने गरेका छन ।
यो कोभिड १९ को महामारीले धनि, वा गरिब मान्छे, शतिm सम्पन्न वा बिपन्न देश भनेर छुट्याएको छैन । सबै महामारीको घानमा परेका छन । यो बिपतमा सक्ने देशले आफ्ना नागरिक चार्टर गरेर बिभिन्न देशबाट फिर्ता लगि पनि सकेकाछन, गरिब देशहरुले लैजान सकेका छैनन् । यो महामारी सामाधान भएपछि अति कम बिकसित र अल्प बिकसित देशका कामदारहरुले रोजगारी गुमाएर आ–आफ्नै देशमा आफै फर्किनु पर्ने अबस्था आउन सक्छ । अहिले बिश्व लकडाउनको कारण उधोग धन्दा, बन्द ब्यापार सबै ठप्प छन । यसकारण यस लगतै सबै उधोग धन्दा, कम्पनीहरुले आफ्ना कामदार तथा कर्मचारीहरुको कटौति गर्न सक्छन । त्यो कटौतिमा बिदेशी नागरिक पहिलो नम्बरमा पर्नेछन । ति रोजगारी गुमाउनेहरु आफ्नै देश फर्किएपछि उनिहरुको देश (अति कम बिकसित र अल्प बिकसित) ले पनि रेमिटेन्स गुमाउने छन । रेमिटेन्समा भर पर्ने देशहरु बिकसित देशहरुका सामान खरिद गरेर उपभोग गर्ने उपभोतmा मात्र हुन, त्यसकारण बिकसित देशहरुले पनि आफ्नो उपभोतmा गुमाएर झन आर्थिक संकटमा पर्ने सम्भावना पनि उत्तिकै छ ।
अहिले त कोभिड १९ को महामारीबाट जिउनु पहिलो कुरा हो । विदेशमा काम गर्न गएका कामदार तथा पढ्न गएका बिद्यार्थीहरुले उपचारको सुबिधा जति सजिलो त्यहाँका रैथानेले पाएका छन त्यसरी पाउँन सकेका छैनन् । यो अबस्थामा उनिहरु सबैले आफ्नो देश सम्झिनु स्वभाविक हो । त्यसकारण अति बिकसित तथा बिकसित देशहरुमा पुगेका अति कम बिकसित तथा अल्प बिकसित देशका नागरिकहरुको मनस्थिति अहिले नै देश फर्किने भई सकेको हुन सक्छ । अहिले संसारभर महामारी र लकडाउन भएका कारण मात्र त्यो अबस्था देख्न पाईएको छैन । अर्को, यो महामारी सकिए लगतै सबै तिर लकडाउन खोलिने छ त्यस बेला उत्पादन क्षेत्रमा कहलिएका चिन, भारत, दक्षिण कोरिया, जर्मनी लगायतका देशहरु बाहेक अन्य देशका सबै उधोगधन्दा, ब्यापारिक क्षेत्रले कामदार तथा कर्मचारी कटौतिको घोषणा गर्न सक्छन । त्यसपछि बिदेशमा काम गर्न पुगेकाहरु आफ्नो देश फर्किनु पर्ने अबस्था आउन सक्छ ।
यस महामारीबाट बिश्वका प्रायः देशहरुले आफ्ना धेरै नागरिकहरुलाई गुमाउनु परिरहेको छ । कोही आफ्नो अविभावक गुमाएर टुहुरा, वेवारिस भएको हुन सक्छ कसैले अरु सदस्यलाई गुमाएर पारिवारिक वातावरण नै भताभुङ्ग भएको हुन सक्छ । यस्तो अबस्थामा त्यो परिवारको आत्मनिर्भर, आर्थिक सवल हुने कुरा शायद तत्कालको लागी बिलुप हुन सक्छ । राज्य त सबै जनता आर्थिक रुपमा सवल भएको अबस्थामा उनिहरुबाट बिभिन्न किसिमको कर उठाएर नै आर्थिक मजबुत हुने हो, अहिले विश्वका सबै देशले त्यो अबस्था गुमाउन सक्छन । अर्कोतिर, त्यस्ता परिवारहरुलाई राहत दिने, टुहुरा बाल बच्चालाई गास, बास, शिक्षा, स्वास्थ्य र बृद्धहरुको सम्पुर्ण जिम्मा लिने दायित्व पनि राज्यलाई आउन सक्छ ।
अघिल्लो बर्षको तुलनामा यो अर्थिक बर्षमा यति आयकार उठाउने भन्ने राज्यको लक्ष्य हुन्छ । तर यो बर्ष प्रायः सबै उधोगहरुले नाफा गुमाउने स्थिति देखिदै छ त्यस्तो भएमा राज्यले पनि आयकर गुमाउने निश्चित छ । उधोग, ब्यापारिक घराना आदीले नाफा गुमाउदा र कतिपय नागरिकहरुको रोजगारी गुम्दा वा कतिपयको रोजगारी रहेपनि आयश्रोत घट्दा वा खर्च बढ्दा गाडी लगायतको बिलासी सर सामानहरुको बिक्री घटेर आयात नै कम हुँदा राज्यको भंसार कर पनि घट्न सक्छ । त्यसकारण ति समस्यालाई समाधान गरेर अगाडी बढ्ने गरी राज्यले आर्थिक निति तथा योजना बनाउनु पर्दछ ।
नेपाल पनि अति कम बिकसित देश हो । रोजगारीको अभावमा यहाँका ५०औं लाख भन्दा बढि युवाहरु बिदेश गएका छन । लाखौं बिद्यार्थी चार घण्टा दैनिक काम गरेर स्वयम खर्च जुटाई पढ्ने गरी बिभिन्न देशमा पुगेका छन । पुर्ण रोजगारीका लागी गएका धेरै युवाहरुको रोजगारी गुम्न सक्ने आर्थिक बिज्ञहरुको विश्लेषण छ । सँगै, पार्ट टाईम काम गरेर पढ्ने बिद्यार्थिहरुले पनि काम पाउन नसक्ने सम्भावनालाई इंगित गरिएको छ । त्यसरी बिद्यार्थीहरुले त्यहाँ काम पाएनन् भने स्वदेश फर्किनु बाहेक अरु बिकल्प नहुन सक्छ ।
हाम्रो देशको मुख्य मुख्य आर्थिक क्षेत्रहरुमा कृषि, पर्यटन, बैदेशिक रोजगारी (रेमिटेनस) आदि नै हुन । तत्काल चिनिया र भारतिय पर्यटक बाहेक अरु देशबाट आउने आशा एकदम कम भएको छ । कैयौं युवाहरुको बैदेसिक रोजगारी गुम्यो भने रेमिटेन्स घट्ने सम्भावना पनि उत्तिकै छ । र, ति बिदेसबाट फर्किएका युवालाई देश मै रोजगारी दिई हाल्ने अबस्था पनि छैन । हामी अहिले जो जो, जे जे पेशामा आबद्ध छौं हामी सबै किसान कै छोरा छोरी हौ । हामी अहिले गाउँ, नगर फर्केर खेतिपाति मजाले गर्न सक्छौं । त्यसकारण हामी बिरोजगार भयौं, हाम्रा मान्छे बेरोजगार भए भनेर आत्तिनु पर्ने अबस्था पनि छैन । हामीले उतपादन गरेको खाद्यन्न मात्रै राज्यले खरिद गरिदियो भने हामीले कृषिमा फड्को मार्न सक्छौं । त्यस्तो वाताबरण देशमा बन्यो भने यसअघि आयात गर्दै आएको बार्षिक झण्डै ३ खर्बको खाद्यन्न आयात गर्नु नपर्ने अबस्था आउन सक्छ । त्यसो गरियो भने रेमिटेनसमा भएको क्षतिलाई पनि हामीले पुर्ति गर्न सक्छौं ।
हरेक महामारी, दैवि प्रकोप, भोकमारी, लडाई आदीमा मान्छेहरुले आफ्ना आफन्त, सम्पति गुमाउने गरेका छन र दुखमा नै उनिहरुले नयाँ सम्भावनाहरुको खोजी गर्दा नयाँ नयाँ सफलताहरु पाउने गरेका छन । नेपाल मै डा. महाविर पुनले राष्ट्रिय आविस्कार केन्द्र खोलेर केहि गर्छु भन्दा पत्याईएको थिएन । आविस्कार केन्द्र खोलेर कोशिष गरिदै थियो । तर जव यो महामारी आयो अस्पतालमा बिरामी जाँच्दा चिकित्सक, नर्सले लगाउने पि.पि.ई. लगायतको सामान आभाव भएको जनाईयो तब आबिकस्कार केन्द्रले त्यस्ता केही सामान बनाएर अस्पतालहरुलाई सहयोग गर्यो । त्यसले सम्भावनालाई देखायो । राज्यले त्यस्तै सम्भावनाहरु खोज्ने हो ।
अहिले उत्पादनमुलक, कृषिमुलक, पर्यटन तथा जडिबुटिसँग सम्बन्धित नयाँ उधोग खोल्न चाहनेलाई राज्यले निशुल्क उधोग दर्ता, उधोग निर्माण गर्न चाहिने मेशिन तथा उपकरणमा सके अनुदान दिने नसके कम्तिमा भंसार छुट दिने र केहि बर्षको लागी आयकर नै छुट दिने, अनि केन्द्र, क्षेत्र र स्थानिय सरकारले लगाई रहेको बाह्रमासे करहरु हटाउने गरी नयाँ निति, नयाँ योजना बनाएर नेपाल मै रोजगारीको श्रृजना गर्ने बातावरण तयार गर्नु पर्दछ ।
एकातिर आयलको लागी बार्षिक खवौं रकम बिदिसिने गरेको छ भने अर्कोतिर देशमा उत्पादित जलबिद्युत बढि भएर राज्यले खरिद गर्न छोडेको छ । बिद्युतिय चुलोको प्रयोग र बिद्युतिय गाडी गाडीको उत्पादन वा आयातलाई प्राथमिकतामा राखेर काम गरियो भने पनि आयालको लागी बिदेशिने खर्बौ रकम पनि रोक्न सकिन्छ र त्यहाँ पनि नयाँ रोजगारीको श्रृजना हुन सक्छ ।
लेखक अधिबक्ता हुन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस