काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि अन्य शीर्षकबाट रकमान्तर गरेर भए पनि बजेट सुनिश्चित गर्ने बताएका छन् । “म अर्थमन्त्रीको हैसियतले के भन्छु भने राष्ट्रिय गौरवका आयोजनाको स्रोत अन्यत्रबाट बजेट रकमान्तर गरेर भए पनि सुनिश्चित गर्छौं, स्रोतको अभाव हुँदैन,” उनले भने ।
“राज्यका निकायहरूसँग पनि छलफल गरेर बजेट सहयोग लिएका छौँ, त्यहाँबाट भए पनि गौरवका आयोजनाहरूमा स्रोतको अभाव हुन दिने छैन,” उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजनाहरूकोे कामकारबाही र आयोजनालाई अगाडि बढाउन देखिएका समस्याबारे छलफल गर्न राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा बुधबार आयोजित बैठकमा मन्त्री खतिवडाले गौरवका आयोजनाहरूको सञ्चालन तथा ठेक्कापट्टा अगाडि बढाउन स्रोतको अभाव हुँदैन भनेका छन् ।
“गत आर्थिक वर्षको अन्त्यमा राजस्व र खर्चको स्थिति मूलतः सन्तुलित भएको छ, धेरै घाटामा जानुपरेको छैन बरु १०÷१५ अर्ब रुपियाँ चालू आर्थिक वर्षका लागि बचाइएकै होला,” सरकारका प्रवक्तासमेत रहनुभएका डा. खतिवडाले भन्नुभयो, “त्यसैले आयोजनाहरूमा स्रोतको अभाव हुने छैन, कामलाई अघि बढाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई मेरो अनुरोध छ ।”
राष्ट्रिय गौरवका आयोजनाहरूका लागि कोरोना कुनै बहाना हुन नसक्ने स्पष्ट पार्दै उहाँले कोभिडभन्दा अगाडिका कुनै समस्या छ भने त्यसमा छलफल गरौँ, कोभिड कुनै बहाना हुन नसक्ने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरूमा कोरोना भाइरसका कारण बजेटको अभाव हुन नदिने बताए ।
व्यावसायिक रूपमा सम्भाव्य हुने आयोजनाहरूमा ‘निजी सार्वजनिक साझेदारी’ ढाँचामा अगाडि बढ्न सक्ने बताउँदै उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण आयोजना, विद्युत्सम्बन्धी आयोजनाहरूको निर्माण ‘निजी सार्वजनिक साझेदारी’ ढाँचामा जान खोजिएको उनले स्पष्ट पारेका छन् । पश्चिम सेती, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता आयोजनाहरूमा ‘फाइनान्सियल क्रोजर’को विषयमा केही समस्या देखिएको बताउँदै उनले साझेदारीको मोडेलबारे स्पष्ट नहुँदा पनि केही आयोजना अगाडि बढाउन समस्या देखिएको स्पष्ट पारेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरू कहिले सम्पन्न हुन्छ भन्ने सांसदहरूको जिज्ञासामा उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका प्रायः आयोजनाहरू दीर्घकालीन प्रकृतिका नै रहेका छन्, दुई–तीन वर्षमा सम्पन्न हुन सक्ने आयोजना कम नै छन्, कतिपय आयोजना कहिल्यै सम्पन्न हुने प्रकृतिका हुँदैनन्, त्यसमा थप काम भई नै रहन्छ ।” राष्ट्रिय गौरवका आयोजनाहरूमा अब परिणाम देखिने उहाँले विश्वास लिएका छन् ।
विदेशी सहायतामा आश्रित केही आयोजनाहरूमा केही समस्या हुने गरेको चर्चा गर्दै उनले विदेशी निकायहरूले राख्ने गरेका सबै सर्त पूरा गर्न सक्ने अवस्था सधैँ नहुने भएकाले केही आयोजनाहरू कार्यान्वयनमा ढिलाइ हुने गरेको स्पष्ट पारेका छन् । कतिपय आयोजनाहरू कानुनी जटिलताका कारण पनि ढिलाइ हुन गएको उनले बताए ।
अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषय संसद्मा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताउँदै उनले विदेशी सहायताबाट सञ्चालित आयोजनाहरूका विषयहरू छलफल गरी अगाडि बढाउनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले १५औँ आयोजनासम्म राष्ट्रिय गौरवका आयोजनाहरूलाई सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरणमा समस्या, रुख, बिजुलीका पोल, खानेपानीका पाइपलगायत युटिलिटीका सामानहरू समयमा स्थानान्तरण हुन नसक्दा पनि कतिपय आयोजना कार्यान्वयनमा ढिलाइ भएको उनको धारणा छ ।
छुट्टै कानुन बनाएर राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउन यो सरकार आउनेबितिक्कै ठूला पूर्वाधार आयोजनाहरूको शीघ्र कार्यान्वयन सम्बन्धमा संसद्मा पुर्याइए पनि अहिलेसम्म छलफल नै नभएको उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस