तनहुँ – तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरवलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न आवश्यक गृहकार्य गरी यही माघ २३ गतेभित्र प्रतिवेदन पेश गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन प्रक्रिया २०७७ बमोजिम नगरपालिकामा धान प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि वडा नं ५ र ६ का जग्गा समेट्ने गरी एउटा क्लष्टर र वडा नं ७, ९ र १० का जग्गा समेट्ने गरी अर्को क्लष्टर गरी दुई क्लष्टर निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साथ वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गरिएको छ । बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस