अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले ४ दिने ‘पोखरा आर्ट क्याम्प’को आयोजना गर्ने भएको छ । चार देशिय कार्यशालामा नेपाल बंगलादेश, इरान र भारतको सहभागिता रहनेछ । “पोखरा घुमौ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं “ भन्ने मुल नाराका साथ आगामी भाद्र ३१ देखि असोज ४ गतेसम्म कार्यक्रम आयोजना गर्ने International Watercolor Society Nepal (IWS Nepal) ले जनाएको छ ।
आज चक्रपथस्थित मार्थ थकाली होटलमा आयोजित पत्रकार सम्मेलनमा ‘आईडब्लुएस’ नेपालका अध्यक्ष एनबि गुरुङ्गले ४ देशका करिब ८० जना कलाकारको सहभागिता रहने जानकारी दिए । उक्त ४ दिने कार्यक्रममा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको प्रत्यक्ष स्थलगत भ्रमण गरी चित्रण गरिनेछ ।
अध्यक्ष गुरुङ्गले सो कार्यक्रमले पोखराको पर्यटन विकास र प्रर्वद्धनमा टेवा दिनका साथै पोखरालाई विश्व माझ कलामार्फत चिनाउन सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा जनसाँकृतिक महासंघका महासचिव तथा प्राज्ञ लालकाजी लामा, बरिष्ठ कलाकार डिराम पाल्पाली, राष्ट्रिय ललितकला संघका अध्यक्ष दिपेन्द्रमान बनेपाली, ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशबराज खनाल, चित्रकार बाबु साइला लगायतका कलाकारको उपस्थिती रहेको थियो ।
आईडब्लएस नेपालले यस अघि सन २०१६ र २०१८ मा काठमाडौं, घान्द्रुक र लुम्बिनीमा अन्र्तराष्ट्रिय कलाको प्रद्र्धशनी गरीसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस