काठमाडौँ : चलचित्र ‘सरौतो’को गीत सार्वजनिक गरिएको छ । राजधानीको सिडिसी सिनेमामा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने शब्द, संगीत राजनराजकै छ । सन्नि सिंह र सुमि मोत्तानले नृत्य गरेको गीतमा निलिसा शाक्य र निर्देशक हरी हुँमागाईको कोरियोग्राफी रहेको छ ।
हरी हुँमागाईको डेव्यु निर्देशकिय चलचित्र ‘सरौतो’मा सन्नी सिंह र सुमी मोक्तानका अलवा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।
कार्तिक २२ गतेबाट प्रदर्शनको हुने जनाइएको चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस