तर कतिपय युट्युबमा राखिएका विषय र भिडियोप्रति दर्शक रूष्ट देखिन्छन्। उनीहरुले ‘विषय एक शीर्षक अनेक’ राख्ने प्रवृत्तिमाथी युट्युब भिडियो क्रिएटरमाथि प्रश्न उठाउने गरेका छन्।
यसबाट कतिपय अवस्थामा दर्शक मात्र नभएर भिडियोमा प्रस्तुत गरिएका पात्रपनि सन्तुष्ट देखिदैनन्। यसै सन्दर्भमा नेपालका तीन अभिनेत्रीहरुले ब्यंग्यात्मक सवाल उठाएका छन्।
बिहिबार सानो पर्दाका लागि निमार्ण हुन लागेको ‘कमेडी च्याम्पियन’ शो को जानकारीका लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा र ऋचा शर्माले यस्तो सवाल उठाएका हुन्।
सामान्यतया कस्ता विषयमा माथि धेरै हाँस्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनीहरुले युट्युबमा राखिएका शीर्षक हेरेर धेरै हाँस्ने गरेको जवाफ दिए।
कुन र कस्ता शीर्षकमा हाँस्नुहुन्छ? जवाफमा अभिनेत्री केकी अधिकारीले ‘सरी ! भन्नै नमिल्ने टाइटल हुन्छन्।’ भन्दै माफी मागिन्।
सन्दर्भसँग जोड्दै अभिनेत्री रिमाले थपिन्,‘कमेडी च्याम्पियन’ शो निमार्ण र प्रदर्शनमा ल्याउनुमा पनि अधिकांश युट्युबर साथीहरुको देन छ।’
ऋचाले थपिन्,‘यस विषयमा कार्यक्रमको एउटा अंकनै डेडिकेट गर्ने छौँ।’
यौनसँग रहेर प्रश्न गर्ने र सोहीअनुसार शीर्षक राख्ने प्रवृत्ति रहेको अभिनेत्रीहरुको बुझाई छ।
‘सत्य के हो भने, संसारमा बढी बिक्री हुने विषयहरु मध्य ‘सेक्स’ पनि हो। त्यसैले शीर्षकहरु त्यहीअनुसार राखिनु एक प्रकारको ब्यापार हो। जे बिक्री योग्य हुन्छ त्यसलाई शीर्षक बनाईनु सामान्य जस्तो लाग्छ।’ अभिनेत्री रिमाको भनाई छ।
प्रतिक्रिया दिनुहोस