ख्वांजु-नेपालमा बनको काफल बनकै चरीलाई भने जस्तै कोरियामा भुॅईको काफल संसारभरीलाई भने झै भको छ।कोरियाको बजारमा ताल्गि अर्थात स्ट्रावरी आईसकेको छ।अन्तराष्ट्रीय बजारमा अत्याधिक मन पराईने यो फलफुललाई नेपालमा भुॅई काफल भनिन्छ ।अहिले सम्म व्यवशायिक उत्पादन भएको जानाकारी छैन।यद्यपि नुवाकोट रसुवातिर सफल उत्पादन भएको जानाकारी छ।कोरियाको प्लास्टिक घरहरुमा धेरै यहि बालि लगाईएको छ।नेपालमा 1500मिटर देखि2500मिटर उचाईमा यो खेति गर्न सकिन्छ ।अति मिठो स्वादिष्ट भएकोले एकदमै महड़गो छ।
नेपालमा स्ट्रावरी भनेको औसेलु जस्तै हुन्छ भनेको सुनेको हो काम त सजिलै होला भन्ठानेको त गारो पो रहेछ।धेरै प्लास्टिक घर भित्र थोरै कामदारले दैनिक 12 घन्टा लगातार काम गर्नु पर्ने हुन्छ ।टिप्ने समयमा ढाड दुख्नि समस्या र मिहेनत अनुसारको पारिश्रमिक नभएकोले काम परिवतर्न गरेको सुर्खेतका प्रदिपजंग शाहिले बताए।
टेवल ताल्गि अर्थात स्ट्रावरी टेवलमा लगाउने पनि गरिन्छ।
यो बिधि तुलनात्मकरुपले सजिलो छ।सर्रर हिडदै सोनसुरे ठेलागाडामा संकलन गर्नुपर्ने भएकोले रमाईलो छ।कुनै जोखिम छैन।हिउदमा प्लास्टिक घर भित्र भएकोले केहि तातो हुने र बर्षा सिजनमा पंखा फिट हुनाले ठिकै छ।प्राय महिलाहरु स्ट्रावरी टिप्ने काममा रहेको पाल्पाकि पुस्पा भट्टराईले जानाकारी दिईन।
यसको बजार ब्यबस्थापनको बारेमा कोरियन नागरिक छिसु भन्छन”यो कोरियाको आन्तरिक बजारको साथै हड़कड़मा र सिड़गापुरमा निर्यात हुन्छ । प्यकेटिड़ गरेर नोड़यप कृषि बिकास बैड़कमा संकलन भएपछि किसानले पैसा पाॅउछन सबै व्यवस्था सरकारको सहयोगमा कृषि बिकास बैड़कले गर्छ।”
15 देखि17’डिग्री तापक्रम चाहिने यो फलको बिरुवा उमार्ने जुलाईमा बिरुवा रोप्ने सेप्टेम्बर महिनामा काम हुन्छ ।यसको फुल सेतो फुल्छ।परागसेचनमा सहयोग पुरयाउन मौरीका घार समेत राखिएको देखियो भने फुल लागेको 30/40 दिनमा सरदर टिप्न तयार हुन्छ ।
अन्तराष्ट्रीय बजारमा परिचित यो फल मध्यपाहाड खोॅच र उपत्याकाहरुमा राम्रो हुन सक्छ । नेपाल पर्यटकिय देस भएकोले याॅहा फलेको स्ट्रावरी चाख्ने रहर पर्यटकलाई हुने भएकोले यसको व्यवशायिक उत्पादनको भविष्य हुन सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस