काठमाडौं । विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा थिए ।
फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।
चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत बर्ष उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।
चैधरी चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।
चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।
उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस