काठमाडौं – दुई वर्षअघि आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले बुधबार ५ वटा अन्तर्राष्ट्रिय नयाँ गन्तव्यका लागि अनुमति पाएको छ ।
श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले भने, ‘भारतका ४ वटा सहर र बंगलादेशको एउटा सहरमा उडानका लागि अनुमति पाएका छौं, आजै पत्र पनि बुझ्यौं ।’
उनका अनुसार भारतका दिल्ली, बैग्लोर, कलकत्ता र अहमदाबाद र बंगलादेशको राजधानी ढाकाका लागि उडानको अनुमति पाएको हो ।
श्रीसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली विमानको संख्या ४ पुगेको छ । अहिले नेपाल एयरलाइन्स, बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
अब कम्पनीले नागरिक उड्ययन प्राधिकरणबाट उडानको अनुमति लिनुपर्नेछ ।
मानन्धरका अनुसार अब दिल्ली र भारतको एभिएसनबाट कस्तो जवाफ आउँछ सोही अनुसार सक्दो छिटो उडान गरिनेछ । उनले भने, ‘एकै पटक सबै ठाउँमा गर्दैनौ, सुरुमा २ वटा ठाउँबाट उडान सुरु गर्छौ ।’
सन् २०१७ अगस्ट ११ तारिखदेखि आन्तरिक उडान सुरु गरेको कम्पनीसँग ७० सिटे २ वटा, ५० सिटे २ वटा जहाज छन् । साथै थप २ वटा जहाँ ल्याउने तयारी गरेको छ । मानन्धरका अनुसार अर्को साता एउटा जहाज आइपुग्नेछ ।
एयरलाइन्ससँग एचईएमआई ७० हेलिकप्टर ६ वटा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस