काठमाडौं- तीन सरकारीसहित २८ वाणिज्य बैंकले गत वर्ष ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन्। आव ०७४/७५ मा बैंकहरूले ५२ अर्ब ३४ करोड २५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका थिए। वाणिज्य बैंकले गत वर्षका तुलनामा २४.१६ प्रतिशत नाफा बढाएका छन्।
अघिल्लो आवमा १२ महिना नै बैंक तथा वित्तीय संस्थाले क्रेडिट क्रन्चको समस्या भोगेका थिए तर नाफा बढाएका छन्। बैंकले पुराना लगानीमा सक्दो धेरै ब्याज बढाए भने नयाँ लगानीमा १७ प्रतिशतसम्म ब्याज लिए। जसले गर्दा उनीहरुको नाफा बढेको छ।
त्यस्तै बैंकहरुले लगानीको दायरा फराकिलो पारेका छन्। कतिपय वाणिज्य बैंकले सहायक कम्पनी खोलेर जनतालाई सेयर लगानीमा प्रोत्साहित गरिरहेका छन्। केहीले लघुवित्त र मार्जिन लेन्डिङ गरेर पनि नाफा कमाइरहेका छन्। वैदेशिक मुद्रा र एलसी कारोबारबाट पनि वाणिज्य बैंकले आम्दानी गरिरहेका छन्।
सरकारी स्वामित्वको तीन वटा वाणिज्य बैंकहरु (कृषि विकास बैंक, नेपाल बैंक र वाणिज्य बैंक) क्रमशः चार अर्ब ३५ करोड, २ अर्ब ६१ करोड र पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
तीमध्ये कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैकले क्रमशः १९.१५ र ४५.६१ नाफा कमाएका छन् भने नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७७ प्रतिशत आम्दानी घटाएको छ। अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकले आफ्नो सम्पत्ति बिक्री गरेको थियो जसका कारण उसको नाफा ह्वात्तै बढोत्तरी भएको थियो।
सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्टको नाफा क्रमशः ६.६६ र ५.६४ प्रतिशतले घटेको छ। तीन वटा ठूला कर्जा बिग्रिंदा इन्भेस्टमेन्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँको प्रोभिजनिङ गर्नुपरेको छ। यसले गर्दा निक्षेप तथा ऋण लगानीमा उल्लेख्य सुधार हुँदा पनि नाफामा गिरावट आएको हो।
सबैभन्दा बढी नाफामा वृद्धि गर्नेमा एनआइसी एसिया बैंक छ। एनआइसी एसिया बैंकले गत वर्ष १२९.३२ प्रतिशतले नाफा बढाएको छ। प्रभु बैंकले पनि ११२.०५ प्रतिशतले नाफा बढाएको छ। तर अंकमा भन्ने हो भने सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ।
नबिलले गत वर्ष ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अर्थात् ७.८४ प्रतिशत नाफा बढाएको छ।
तीन अर्ब रुपैयाँभन्दा धेरै नाफा गर्नेमा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र एनआईसी एसिया बैंक रहेका छन्। दुई अर्बदेखि तीन अर्बको बीचमा नाफा कमाउनेमा ९ वटा बैंक छन्।
प्रभु बैंक अर्बपति क्लबमा उक्लिएको छ। अघिल्लो वर्ष अर्बपति क्लबबाट तल झरेको प्रभु गत वर्षबाट पुनः अर्बपति क्लबमा उक्लिएको हो। सबैभन्दा कम नाफा गर्नेमा सिभिल नै छ। बैंकले सार्वजनिक रुपमा वित्तीय विवरण प्रकाशन गरेको छैन। बैंकले गत वर्ष ८० करोड रुपैयाँ नाफा गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस