काठमाडाैं- प्रभु बैंकले दक्षिण कोरिया र भारतमा रहेका करिब २१ हजार नेपालीको खाता खोल्ने भएको छ । यसका लागि बैंकले युकेएड सक्षमसँग सहकार्य गरेको छ ।
कोरिया र भारतमा रहेका नेपालीको खाता खोल्न दुई संस्थाबीच भएको सम्झौता पत्रमा बुधबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र युकेएड सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
बैंकले बचत खाता खोलिदिने तथा नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बैंकले विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बचतपत्र र बीमालेख किन्न प्रोत्साहन गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशीलता विकास गर्नसमेत बैंकले भूमिका खेल्ने बताएको छ ।
१८ महिने यो परियोजनाका लागि युकेएड सक्षमले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस