काठमाडाैं-दशैंको मुखमा फेरि तातोपानी नाका बन्द भएको छ चीनको खासा क्षेत्रमा सडक बिग्रेपछि तातोपानी नाकाबाट हुने आयात निर्यात ठप्प भएको छ।
चीनको रमिते बजार नजिकै सडक भासिएपछि दशैंको लागि लोड भएका कन्टेनर खासा क्षेत्रमै रोकिएका छन्।
सडक ममर्त गर्न एक साता बढी लाग्ने चिनियाँ अधिकारीले जानकारी गराएका छन्। तातोपानी नाका यतिवेला सुनसान छ।
भुकम्पपछि बन्द रहेको तातोपानी नाका गएको जेठदेखि सञ्चालनमा आएको थियाे। दशैंको मुखमा सडक बिग्रिएपछि व्यापारी तथा सर्वसाधारण मारमा परेका छन। लगातारको बर्षका कारण सडक धेरै ठाउँमा भासिएपछि चिनियाँ पक्षले ममर्त सुरु गरेको स्थानीय व्यापारीहरु बताउँछन्।
चीनतर्फको अर्को नाका रसुवागढी नाका पनि बर्षाका कारण बन्द छ। रसुवा नाका बन्दभएपछि तातोपानी नाकामा एक दिनमै ८५ लाख रुपैयाँसम्म राजश्व संकलन भएको थियो। यो नाकाबाट साउनयता २० करोढ बढी राजश्व संकलन भएको तातोपानी भन्सारले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस