काठमाडौं – ऋणको ब्याजदर घटेको छ । बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा कर्जाको भारित औसत ब्याजदर कम भएर १२.०८ प्रतिशत छ । जबकी गत वर्षको साउन महिनामा कर्जाको औसत ब्याजदर १२.४७ प्रतिशत थियो ।
एक वर्षको अवधिमा कर्जाको ब्याजदर ०.३३ प्रतिशतले सस्तो भएको हो । गत वर्ष आर्थिक वर्षको साउनमा १०.१२ प्रतिशत रहेको बेस रेट यो साउनमा ०.६७ प्रतिशतले घटेर ९.४५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिलको पनि औसत ब्याजद दर घटेर ०.२१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्ष साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत थियो ।
त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी अर्थात अन्तरबैंक कारोबारको औसत ब्याजदर घटेर १.१९ प्रतिशत कायम भएको छ । जबकी गत वर्षको साउनमा यस्तो ब्याजदर १.८८ प्रतिशत थियो ।
राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिले कर्जाको ब्याजदर घटेको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार औषतमा निक्षेपको ब्याजदर भने केही बढेको छ । २०७५ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४० प्रतिशत रहेकोमा ०७६ साउनमा ०.३७ प्रतिशतले बढेर ६.७७ प्रतिशत पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस